नेपालमा कोरोना संक्रमितको संख्या साढे २९ हजार बढि
दाङ, ४ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार बढि पुगेको छ । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरसका संक्रमित भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको हो । उनीहरुमध्य १ सय २६ जनाको मृत्यु भएको छ ।
संक्रमित मध्य हालसम्म १७ हजार ९ सय ६४ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो । त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । जसमध्य १ सय ७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।
त्यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१र३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१ र २१ जना, सप्तरी, कास्की र दैलेखका १९ र १९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरी १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
तेह्रथुम र मोरङमका ९ र ९ जना, बारा र बाग्लुङका ८ र ८ जना, उपयपुर र दाङका ४ र ४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३ र ३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २ र २ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १ र १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
