Goraksha

National Daily

ओली परिवारमा ठुलो विपत्ती, एकै घरका चार जना विरामी

चेतन रेग्मी
दाङ,४ भदौ । धन कमाउने आशमा ऋण काढेर गतबर्ष साउनमा कतार गएका तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरा निवासी गोवर्धन वली गएको केही समयभित्रै कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस भए । साथीभाईको सहयोगमा अस्पताल पु¥याइएका ओलीलाई ब्रेनट्युमर भएको चिकित्सकले बताए ।

तत्कालै उनको अप्रेसन पनि गरियो । अप्रेसन खर्च कम्पनीले व्यहोरेता पनि उनलाई काम गर्न नदिएर कम्पनीले तत्काल नेपाल फिर्ता पठायो । नेपाल आइसकेपछि पुनः चेकअप गर्दा आफूलाई क्यान्सर भएको ओलीले थाहा पाए ।

बे्रनट्युमरसँगै पछिल्लो समय क्याम्सर समेत देखिएपछि गोवर्धन मात्र हैन उनको परिवारमा चारैतर्फबाट बज्रपात परेको छ । यसअघि लगातार बिरामी परेपछि १३ वर्षकी जेठी छोरी गरिमाको अप्रेसन गरेर पित्तथैली र पाचन नली फालिएको छ ।
त्
यस्तै १० बर्षकी कान्छी छोरी दक्षिणा वलीको टाउकोमा जुकाले फुल पारेको छ तर आर्थिक अभावकै कारण छोरीहरूको उपचार हुन सकिरहेको छैन । त्यसैगरी ७० वर्षीय आमा जयसरी ओलीको दुबै मृगौला फेल भएको छ । छोरीहरु, आमा र आफ्नो उपचारमा सबै सम्पत्ती सकापछि अहिले ओलीको बस्ने घरबास बाहेक अरु केही पनि छैन । उनलाई तीन–तीनमहिनामा अस्पताल थेरापीगर्न जानुपर्ने हुन्छ ।

एकपटक थेरापी गरेको एक लाख भन्दा बढी लाग्छ र त्यसमाथि थुप्रै औषधीहरू किन्नपर्ने भएपछि उनी संकटमा परेका छन् ।

‘आफ्नो पीडा त थियो,तर छोरा र नातिनीहरूको अवस्था देखेर दिनरात चिन्ता लाग्छ’–७० बर्षीया जयसरीले भनिन् । घरको एकमात्र कमाउने छोरा आफै बिरामी परेपछि सबै बिचल्लीमा परेको उनी बताउँछिन ।

आमा जयसराले आफ्नो छोरालाई बचाइदिन उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना समेत गरेकी छन् । सहयोग गर्न चाहनेले ओलीको मोबाइल नम्बर ९८६६९००३३६ मा सिधै सम्पर्क गरेर अथवा एनआइसी एसिया बैंकको खाता नम्बर 0655750912504001 अथवा तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरास्थित घरमा पुगेरपनि सहयोग गर्न अनुरोध गरेकी छिन् ।

यसैबीच दाङका क्यान्सर पीडित गोवर्धन ओलीलाई अष्ट्रेलियामा पढदै गरेका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

ओलीलाई आर्थिक सहयोग

यसैविच क्यान्सर पीडित ओलीको परिवारलाई अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुले सहयोग गरेका छन् । अध्ययनका सिलसिलामा अष्टे«लियामा रहेका विद्यार्थीहरुले उपचारका लागि सहयोग गरेका हुन ।

रजौरा निवासी राहुल पुनको सक्रियतामा त्यहाँ रहेका विद्यार्थीहरु स्वस्तिका भण्डारी, बिबेक श्रेष्ठ, नवराज श्रेष्ठ, कविन श्रेष्ठ, प्रदिप गौतम, शर्मीला ठकुरी, रन्जना श्रेष्ठ, रमेश गौतमलगायतले आफ्नो खाजा खर्च कटाएर पीडित ओलीलाई २५ हजार आर्थिक सहयोग सहयोग गरेका हुन् ।

यसैबीच संकलन गरिएको रकम पुनका बुवा राजेश पुनले बिहीबार ब्रेन क्यान्सर पीडित गोवर्धन ओलीलाई हस्तान्तरण गरेका हुन् ।