युवा व्यवसायी भण्डारीद्वारा जन्मदिनमा रक्तदान
तुलसीपुर, ४ भदौ । तुलसीपुरका एक युवा व्यवसायीले आफ्नो जन्मदिनमा रक्तदान गरेका छन् । तुलसीपुरको ‘ग’ लाईनमा रहेको रबिन एण्ड सविन स्टिल फर्निचरका संचालक ऋषिराज भण्डारीले आज आफ्नो ४१ औँ जन्मदिनको अवसरमा रक्तदान गरेका छन् ।
पछिल्लो समय जन्मदिन मनाउने शैलि तडक–भडक बन्दै गएकोले जन्मदिन मनाउन आफुले फरक शैली अपनाएको उनले बताए । बिगत १० वर्षयता आफ्नो जन्मदिनमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र यस पटकको जन्मदिनमा रक्तदान गरेका हुन ।
उनले १७ औँ पटक रक्तदान गरिसकेका छन् । त्यस अवसरमा उहाँसहित अमरक्षितिज भण्डारी लगायत ८ जनाले रक्तदान गरेका छन् । साथै भण्डारीले जन्मदिनको अवसरमा कोरोनाको महामारी फैलिदै गएको अवस्थामा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सचेतनमूलक व्यानर प्रदान गरेका छन् । उनकी आमा विष्णुदेवी भण्डारीले संचारकर्मीलाई मास्क र सेनीटाइजर निशुल्क वितरण गरेकी थिइन ।
त्यस अवसरमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल र चेम्बर अफ कर्मश तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्तीले युवा व्यवसायी भण्डारीले गरेको उदाहरणीय कामको प्रशंसा गर्दै युवाहरुमा यस्तै सकारात्मक काम हुन सकेमात्रै समाज परिवर्तन गर्न सकिने बताएका थिए ।
