Goraksha

National Daily

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक–एक जना पुरुष र तनहुँकी एक महिला रहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमित बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या समेत बढ्दै गएको छ ।