एकैदिन १०१६ जना कोरोना संक्रमित थपिए
दाङ,२ भदौ । नेपालमा एकैदिन कोरोना भाइरसका एक हजार १६ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा उच्च १ हजार १६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ५८० जना डिस्चार्ज भएका छन् ।
देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ८२ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर दुई हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १३ हजार ९२६ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लााहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।
संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
