‘समृद्धको लागि संस्थाका भूमिका महत्वपुर्ण छ’
दाङ २ भदौ । नेपाल राष्ट्र वैकवाट घ वर्गको इजाजत प्राप्त महिला सामुदायीक लघुवित वित्तिय संस्था लिमिटेडको प्रथम साधारणसभा मगलवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गीता कुमारी गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लीला शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाहले राष्ट्रको समृद्धको यात्रामा संस्थाले लघुवित्तमार्फत सहयोग गरेको चर्चा गरिन ।
उनले देशमा रहेको वेरोजगारी समस्या समाधानका लागी पनि संस्थताले भूमिका खेलेको बताइन । सभामा संस्थाका वरिष्ठ प्रवन्धक पवन योगीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका संचालक शिवा योगीको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका संचालक अधिवक्ता सुष्मा गौतमले प्रस्तुत गरेकी थिइन ।
गौतमले कोभिड–१९ को महामारीक समयमा विभिन्न १५ क्वारेन्टीनमा वसेकाहरुलाई मनोसामाजीक परमर्श, माक्स सेनिटाइजर र सेनिटरी प्याड वितरण तथा घोराही १३ को ६५ घरपपिरवारका ३ सय व्यक्तिलाईराहात उपलव्ध गराएको वताइन । त्यस अवसरमा संस्थामा लामो समय रहेर काम गरेकी दाङ महिला जेसीजका अध्यक्ष जीवा भुसाल , मास्क अभियानकर्ता विरुवहादुर खत्री विरु, संस्थाका सुरज शर्मा, यमला गौतम, विपना घिमिरे, शारदा शर्मा, उतकृष्ट कर्मचारी यादवप्रसाद देवकोटालगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण शारदा शर्मा र लोकमणी रेग्मीले गरेका थिए । २०५० सालमा महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकरण गर्ने उद्देश्यका साथ दाङ जिल्लामा स्वंयसेवी भावना भएका महिलाद्धारा स्थापना गरिएको उक्त संस्थाले २०६० सालवाट नेपाल राष्ट्र वैकवाट स्विकृति प्राप्त गरि वित्तिय मध्यस्थताको कार्यक्रम संचालन गर्दै आएको छ ।
१५ वर्ष सफलतापुर्वक लघुवित्त कार्यक्रम संचालन गरेपश्चात नेपाल राष्ट्र वैकवाट घ वर्गको वित्तिय संस्थाको स्वकृती प्राप्त गरी महिला सामुदायीक लघुवित्त वित्तिय संस्था लिमीटेडको नामवाट संस्थाले २०७५ साल फागुन १५ देखि कारोवार सुरु गरेको हो ।
महिला सामुदायीक लघुवित्त वित्तिय संस्था लिमीटेडले दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुम, वाँके, वर्दिया कैलाली रुपन्देही र कपिलवस्तु गरि १० वटा जिल्लालाइ कार्यक्षेत्र वनाएर २५ शाखा र १० वटा उपशाखामार्फत कार्य गर्दै आएको छ ।
शाखाले ५५ हजार वढीलाइ संसथामा आवद्ध गराएको छ भने १ अरव १० करोड ४० लाख ३६ हजार संस्थागत वचत छ । लगानीमा १ अरव ७३ करोड २४ लाख १९ हजार रहेको छ । संस्थामा हाल १९४ जना कर्मचारी रहेका छन । कार्यक्रममा पत्रकार वसुन्धरा गौतम, दाङ महिला जेसीजका अध्यक्ष जिवाभुसाललगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए
