पानीमा डुवेर दुई जनाको मृत्यु
दाङ,२ भदौ । दाङमा पानी डुवेर दुई जनाको मृत्यु भएको छ । भदौको १ गते सोमवार घोराही उपमहानगरपालिका–१७ गैरागाँउ निवासी मनोज चौधरीकी १५ महिनाकी छोरी घर अगाडीको कुलोमा डुबी मृत्यु भएको हो ।
कुलोमा डुवेरी गम्भीर बनेकी उनको उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमा मृत्यु भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार वैदवारले जानकारी दिएका हुन ।
त्यसैगरी सोमवार साझ ६ बजेतिर देउखुरीको गढवा गाउँपालिका–४ खजरौट बस्ने महोमद रजा मियाकी १ बर्षीया छोराीको घर नजिकै खेल्ने क्रममा बाल्टीमा डुवी मृत्यु भएको छ । बाल्टीनमा डुवी घाइते भएकी उनको उपचारका लागि स्थानीय मेडिकलमा मृत्यु भएको वैदवारले जानकारी दिएका हुन ।
