Goraksha

National Daily

टिपरको ठक्करबाट बालकको मृत्यु

देउखुरी,२ भदौ । दाङको देउखुरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ निवासी ७ वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

भालुबाङबाट लमहीतर्फ आउँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तीब्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।