दंगीशरणको न्यायीक समितिमा मुद्धा दर्तामा कमी
दिप्तीशिखा चौधरी
दंगीशरण, २ भदौ । दंगीशरण गाउँपालिकाको न्यायीक समितिमा मुद्धा दर्तामा कमी आएको छ । समितिमा गतबर्षको तुलनामा २५ प्रतिशतले मुद्धा दर्तामा कमी आएको हो ।
दंगीशरण गाउँपालिकाको न्यायीक समितिमा २०७६÷०७७ मा १७ वटा मुद्धा दर्ता भएका छन् । १७ वटा मुद्धामा १४ वटा मुद्धाको मिलापत्र भईसकेको गाउँपालिकाका उपाध्यक्ष एंव न्यायीक समितिका संयोजक पिमा कुमारी खड्काले जानकारी दिएकी छिन ।
न्यायीक समितिमा गतबर्ष २०७५÷०७६ विभिन्न प्रकृतिका मा २४ वटा मुद्धा दर्ता भएकोमा यसबर्ष १७ वटा मुद्धा मात्रै दर्ता भएको न्यायिक समितिका संयोजक खड्काले जानकारी दिएकी छिन ।
न्यायीक समितीमा सबैभन्दा धेरै ईज्जत आमाद अनुसार खान लाउन नदिएको सम्बन्धि ५ मुद्धा धेरै परेको संयोजक खड्काले जानकारी दिईन् । त्यसैगरी जग्गा विवादको ३, श्रीमानश्रीमती बिच झगडा ३, गाली गालौज वेइजती ३, जग्गा रोक्का ३ , कुलो विवाद २ लगायत गरी १४ वटा मुद्धा परेको संयोजक खड्काको भनाई छ ।
आर्थिक बर्ष २०७४÷०७५ मा ३७ मुद्धा दर्ता भएकोमा गतबर्ष २०७५÷०७६ मा घटेर २४ मा पुगेको थियो । यसबर्ष कोरोना माहामारीका कारण स्थानीय तहमा देखिएका मुद्धा न्यायीक समितिमा दर्ता हुन नआएको संयोजक खड्काको भनाई छ । लकडाउनको समयमा घरमै बसेर फोनबाट कतीपय मुद्धाहरु मिलाउने गरिएको समेत उनले जानकारी दिएकी छन ।
न्यायीक समितिका संयोजक खड्काका अनुसार न्यायीक समितिमा २०७४÷०७५ मा ३७ मुद्धा मध्य १९ मुद्धा न्यायीक समितिमै मिलापत्र भएको बाँकी मुद्धा जिल्ला अदालत पठाईको थियो । आर्थिक बर्ष २०७५÷०७६ मा २४ मुद्धा मध्य ११ मुद्धा मिलापत्र गरिएको थियो भने बाकी मुद्धा जिल्ला अदालत पठाईको थियो । त्यस्तै २०७६÷०७७ मा १७ मुद्धा दर्ता भएकोमा १४ वटा न्यायीक समितिमै मिलापत्र गरिएको थियो ।
आर्थिक बर्ष २०७४÷०७५ देखि २०७६÷०७७ सम्म जम्मा ७८ मुद्धा दर्ता भएकोमा ४४ मुद्धा मिलापत्र भएको, १ वटा मुद्धा निर्णय भएको र ३३ वटा मुद्धाको निवेदन फिर्ता लिइ जिल्ला अदालत पठाईएको न्यायीक समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।
