कोड फर चेन्जले सम्पन्न गर्यो भर्चुअल टेक कंक्लेभ
दाङ,२ भदौ । कोड फर चेन्जले नेपालमै पहिलोपटक भर्चुअल्ल टेक कंक्लेभ कार्यक्रम सम्पन्न गरेको छ । बन्दाबंदीले प्रभावित बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा प्रविधिको क्षेत्रमा केही सहुलियत पुगोस भन्ने उद्देश्यले कोड फर चेन्जले भर्चुअल टेक कार्यक्रम गरेको हो ।
‘कोड फर चेन्ज’ विगत केही वर्ष देखिनै प्रविधिसंग जोडिएर अध्ययन अध्यापन गर्ने विद्यार्थीका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ भने बन्दाबंदीले धरासाही बनेको शैक्षिक क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले भर्चुअल टेक कार्यक्रमहरु गर्ने गरेको छ ।
विद्यार्थीहरुलाई सक्रिय बनाउन, विभिन्न व्यवसायका उपायहरु लिन र दिनका लागि अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्ने परियोजनाको मुख्य उदेश्य रहेको परियोजनाका प्रमुख निराजन क्षेत्रीले बताएका छन् ।
कार्यक्रम साउन ३० गतेबाट शुरु भएर ३ दिनसम्म अर्थात श्रावण ३२ गतेसम्म संचालन भएको थियो । उक्त कार्यक्रममा टेक्सस कलेजका प्रमुख कार्यकारी भेषराज पोख्रेलले नेपालको शैक्षिक नीतिलाई परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
टुटलका प्रमुख कार्यकारी शिक्षित भट्टले नयाँ नयाँ खोज तथा अनुसन्धानलाई प्रयोत्साहन गर्न कोड फर चेन्जलाई आग्रह गरेका थिए ।
एडुसंजालका प्रमुख व्यवसाय प्रवन्धक राजन कोईरालाले सबै कुराको ज्ञान राख्नुपर्ने तथा कुनै एउटा क्षेत्रमा चाही विज्ञता हासिल गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी कार्यक्रममा Entrepreneur Space, Panel Discussion / Speakers Session जस्ता महत्वपूर्ण
सेसनहरु भएका थिए भने Entrepreneur Space मा प्रस्तोताहरुले आफ्नो अनुभव सुनाएका थिए ।
उनले चुनौतीहरुको सामना गर्दै अघि बढ्न प्रोत्साहन गरेका थिए भने Panel Discussion मा निजि तथा सरकारी शैक्षिक सस्थाहरु तथा यसका योजना र कार्यनीति कार्यान्वयनको बारेमा छलफल गरिनुका साथै उद्यमशिलाता र शैक्षिक क्षेत्रमा कोभिड–१९ ले पारेको असर र यसबाट मिलेका अवसरहरुका बारेमा विश्लेषण गरिएको थियो ।
त्यसैगरी प्रविधिको प्रयोग स्पष्ट पारिनुका साथै साइबर सुरक्षाका चुनौतीहरु तथा चुनौनी सामना गर्ने उपायहरुका बारेमा पनि बृहत छलफल भएको थियो । कार्यक्रममा विभिन्न ३ सय भन्दा बढी प्रत्यक्ष सहभागीहरु रहेका थिए भने कार्यक्रम ‘कोड फर चेन्ज’ को आधिकारिक फेसबुक पेजबाट समेत लाईभ गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई विभिन्न आकर्षक उपहार र सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । उक्त कार्यक्रम एकदमै जीवन उपयोगी भएको भन्दै धेरै सहभागीहरुले धन्यवाद दिदै फेरी–फेरी यस्ता कार्यक्रमहरु गरिरहन कोड फर चेन्जलाई आग्रह गरेका थिए ।
