Goraksha

National Daily

गायक कुमार पौडेलको ‘लूकीलुकी हेरेको…’ भिडियोमा पनि

दाङ,२ भदौ । गायक कुमार पौडेलको ‘लूकीलुकी हेरेको…’ गीतको म्युजिक भिडियो तयार भएको छ । केही समय पहिले रेकर्डिङ भएको उक्त गीतको अव म्युजिक भिडियो पनि देख्न सकिने भएको छ ।

म्युजिक भिडियो तयार भएको उक्त गीत यहि भदौ ५ गते शुत्रवार बेलुका रिलित गर्ने तयारी गरिएको गायक कुमार पौडेलले जानकारी दिएका छन् । उक्त गीतमा गायक कुमारलाई स्वरमा गायीका समिक्षा अधिकारीले साथ दिएकी छिन ।

पौडेलको आफ्नै शब्द रहेको उक्त गीतमा चर्चित संगीतकार राजकुमार बगरको संगीत रहेको छ । उक्त गीतमा मोडल कमल सिंङ र आर्जु खरेलसँगै बालकलाकारको रुपमा प्रशिधिका खड्काको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको युक्त गीतमा बिशाल नेपालीले भिडियो निर्देशन गरेका छन् । गायक पौडेलले अडियोमा गीत धेरैले मन पराईदिएपछि भिडियो तयार गरिएको समेत जानकारी दिएका छन् ।