Goraksha

National Daily

नेकपा विवाद : गृहकार्य गर्ने समितिलाई कार्यादेश

काठमाडौं, १ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि गृहकार्य गर्न बनाइएको समितिले औपचारिकता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठन गरेको कार्यदललाई सचिवालको बैठकबाट अनुमोदन गर्नुपर्ने माग अन्य शीर्ष नेताहरूले राखेका थिए ।

महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा भीम रावल, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । अनुमोदनसँगै बैठकले सो समितिलाई कार्यादेशसमेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।