Goraksha

National Daily

घोराहीमा बैंक कर्मचारीमा कोरोना

दाङ, १ भदौ । घोराहीमा रहेको एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराहीमा रहेको कणर्ाली डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको हो । घोराही उपमहानगरपालिका-१५ शहीद गेट नजिकै रहेको कणर्ाली डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत २५ बर्षीय एक कर्मचारीमा कोरोना पुष्टि भएको घोराही उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिएका छन् ।

घोराहीमै घर भएका ती कर्मचारीलाई कसरी संक्रमण भयो भन्ने नखुले पनि सेवाग्राहीबाटै भाइरस सरेको हुनसक्ने अनुमान गरिएको छ । कर्मचारीलाई कोरोना पुष्टि भएपछि अहिले बैंकले सेवा रोकिएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कर्मचारीमा कोरोना संक्रमण देखिएको बैंकलाई शील गरिने बताएका छन् । ‘बैंंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जोखिम बढेको देखिएको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने । अब उक्त बैंकलाई शील गरेर, कन्ट्रयाक्ट टे्रसिङको काम गरिने समेत बताए ।