Goraksha

National Daily

नेविसंघद्धारा महेन्द्र क्याम्पसमा तालावन्दी

दाङ,१ भदौ । नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति महेन्द्र बहुमुखी क्याम्पस दाङले केन्द्रीय कार्यक्रम अनुसार क्याम्पसमा सोमवार ताला लगाएको छ । नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार देशभरका क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको हो ।

इकाई सभापति शिवराज खनाल र सचिव कुलराज पोख्रेलले एक विज्ञप्ति जारी गरी तालाबन्दी गरिएको जानकारी दिएका छन् । नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति महेन्द्र बहुमुखी क्याम्पस दाङले पनि केन्द्रीय कार्यक्रम अन्तर्गत तालाबन्दी गरेको इकाई सचिव कुलराज पोख्रलले बताए । नेविसंघले विद्यार्थी हकहितका लागि उठाएका मागहरू सम्बन्धी त्रिवीका पदाधिकारीसँग वार्ताको पहल गर्न जाँदा सम्झना खत्री लगायत त्रिवीका ८ जना विद्यार्थी नेताहरूलाई पक्राउ परेका छन् ।

त्यसैगरी विरगञ्जमा कोरोना सङ्क्रमण सम्बधी उपचारमा भएको अस्पतालको लापरवाही विरूद्ध र सङ्क्रमण कै कारणबाट मृत्यु भएकाहरूलाई क्षतिपूर्ति तथा नियमित स्वास्थ्य सेवा सुचारूको माग राख्दा पक्राउ परेका नेविसंघ नेता विकास तिवारीलाई रिहा गर्नुको साटो झुठा मुद्दा लगाई फसाईएको घटनाको विरूद्धमा तालाबन्दी गरिएको सचिव पोख्रेलले बताए