उत्साहले मनायो तीज मिलन
दाङ,१ भदौ । उत्साह महिला समूहको तीज मिलन एंव शुभकामना आदान प्रदान कार्यक्रम सोमवार घोराहीमा सम्पन्न भएको छ ।
समुहका अध्यक्ष बिन्दु दाहालको अध्यक्षता तथा नेपाली कांग्रेस महिला बिभागका केन्द्रीय सदस्य सुशीला थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तीज महिलाहरुको विशेष पर्व भएकाले यसको धार्मिक सामाजिक र सास्कृतिक पाटोलाई जगेर्ना गर्नका लागि सबै महिला अग्रसर हुनुपर्ने कुरामा जोड दिएका छन् ।
सार्थै उनीहरुले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै तीजलाई समयअनुकुल मनाउन सबैमा अनुरोध पनि गरेका थिए । हरितालीका तीज हाम्रो हिन्दु सनातन धर्मसंग पनि जोडीएकाले यसको धार्मिक महत्वका बारेमा पनि कार्यक्रममा प्रकाश पारिएको थियो ।
समुहका उपाध्यक्ष पुष्पा श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषाल ,समुहका कोषाध्यक्ष बिना खनाल, सहसचिब सन्ध्या रेग्मी ,समूह सदस्य माया पोख्रेल ,जानका केसी, नमा घिमिरे, शान्ता घिमिरे, रिमा शर्मा ,प्रकृति क्षेत्रीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भर्खरै मात्र नेपाली कांग्रेसको केन्द्रीय महिला बिभागको सदस्यमा निर्वाचित समुहका सल्लाहकार सुशीला थापालाई सम्मान एंव बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको सहजिकरण समुहका सचिव सरस्वता गौतम गरेकी थिइन ।
