calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

रातो कितावमा धमिरा

अमरराज आचार्य
दाङ, ४ कार्तिक । चालु आर्थिक वर्ष सुरु भएको ३ महिना वितीसक्दा पनि जिल्लामा विकाश निर्माणका काम मात्रै होइन प्रक्रिया समेत सुस्त छन् । उपभोक्ता समिति गठनको प्रक्रिया सार्थक बनेको छैन भने स्थानियपालिकाले बनाएका रातोकिताव दराजमा थन्किएका छन् । संभवतः विकाश निर्माणका योजनाहरु तिहारअघि खुल्ने छैनन् । यो अवस्थाले रातोकितावमा धमिरा लग्न थालेको छ, जनप्रतिनिधिहरु विरामी जस्तै देखिएका छन् ।

जिल्लाका दशवटै पालिकाहरुमा यो अवस्था देखिएको छ । सुरुमा जांगर नगर्ने, अन्यमा हौसिने प्रबृत्तिले विकाश निर्माणको काम गुणस्तर नहुने उपभोक्ताहरुले बताइरहेको अवस्थामा पालिकाका प्रतिनिधि र प्रशासनिक संयन्त्र भने असारपछिनै विकाश निर्माणको गतिशिलताका सवालमा मौन जस्तै देखिएको छ । सवै स्थानिय सरकारहरु आफ्नै चालढालमा छन् । मानौं उनीहरुको विकाशे महिना जेठ असार मात्रै हो, अरु समय प्रक्रिया मिलाउनमै खर्च हुन्छ ।
आर्थिक बर्ष सुरु भएको ४ महिना सुरु हुदा समेत जिल्लामा विकास निर्माणका कार्यहरु सुरु हुन सकेको छैन । यसरी आर्थिक वर्षको सुरु आतमा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा आएर विकास निर्माणको काम गर्ने प्रवृति विगतका वर्षहरु नै रहदै आएको छ । आर्थिक वर्षको अन्तीम समयमा गएर योजना सम्झौता गरेर हतारमा काम गर्दा काम समेत गुणस्तहिन काम समेत हुने गरेको छ ।

जन प्रतिनिधिहरु आए पछि यस प्रकारको समस्या समाधान हुने अपेक्षा गरेर पनि त्यसो हुन सकेको छैन् । स्थानिय तहहरुमा जन प्रतिनिधिहरु आएको लामो समय भए पनि प्रवृति भने उस्तै रहदै आएको छ । स्थानिय तहहरुले यस प्रकारको प्रवृतिको अत्यका लागि काम गरे पनि त्यसको अन्तय हुन नसकेको बताएका छन् । उपभोक्ताहरु पहिले देखि लागेको बाँनीले गर्दा समस्या भएको स्थानिय तहहरुले जनाएका छन् । स्थानिय तहहरुले उपभोक्ताहरु लाइ योजना सम्झौता गर्न आउन भने पनि उपभोक्ताहरु भने अझै सम्म योजना सम्झौता गर्नका लागि आएका छैनन् । किनकि यो अवस्थाले उपभोक्ताहरु पनि यो सरकारी विकाश संयन्त्रप्रति लचिलो छन् । कारण ताकेता गरे जनप्रतिनिधिहरुनै समस्यामा हुन्छन् ।

घोराही उप महानगरपालिकाले उपभोक्ताहरु योजना सम्झौता आउन सुरु गरेको जनाएको छ । नगरवासीहरु उपभोक्ता समिती गरेर सम्झौता गरेर आउन सुरु गरेको घोराही उप महानगरपालिकाका सुचना अधिकारी भिमवहादुर चौधरीले जानकारी दिए । ‘केही उपभोक्ताहरु आफनो क्षेत्रमा परेका योजनाहरुको सम्झौता आउन सुरु गर्नु भएको छ’ सुचना अधिकारी चौधरीले भने । उपभोक्ताहरु आफनो काम सके पछि मात्र योजना सम्झौता गर्न आउने गरेको सुचना अधिकारी चौधरी बताउछन् । अधिकाश उपभोक्ताहरु चार्डपर्व सकिए पछि योजना लिन आउने गरेको उप महानगरपालिकाले जनाएको छ । यस प्रकारको कार्य लाइ रोक्न नगरपालिकाले उपभोक्ताहरु योजना सम्झौता लिन आग्रह गरेको चौधरीले बताए ।

‘हामीले औपचारी तथा अनौपचारीक रुपमा योजना सम्झौता लिन आग्रह गरेका छौ’ सुचना अधिकारी चौधरीले भने । नगरपालिकाले विगतका वर्षहरुमा जस्तो अन्तयमा आएर सम्झौता गर्ने प्रवृति रोक्ने प्रयासमा रहेको जनाएको छ । नगरपालिकाले चैत अन्त्यसम्म सम्झौता गरेर सकिने लक्ष्य लिएको उनको भनाइ रहेको छ । त्यसै अनुसार अगाडि वढेको नगरपालिकाले जनाएको छ ।

बंगलाचुली गाऊपालिकामा चालु आर्थिक वर्षका कुनै पनि योजना सम्झौता नभएको गाऊपालिकाले जनाएको छ । गाऊपालिकाका प्रमुख प्रशासकिय प्रमुख नेपबहादुर वलीले चालु आर्थिक वर्षका हाल सम्म कुनै पनि योजना सम्झौता हुन नसकेको बताए । अहिले उपभोक्ता समिती गठन गरि सकेर योजनाहरुको लागत अनुमान तयार गर्ने काम सुरु भएको उनको भनाइ रहेको छ । तिहार लगतै काम सुरु हुने प्रमुख प्रशासकिय अधिकृत केसीले बताए । हाल सम्म सझौता हुन नसक्नुमा चाड पर्वले गर्दा पनि भएको उनको भनाइ रहेको छ ।

‘उपभोक्ता समितीहरु लाइ तालिम दिएर योजना सम्झौता गरेर अगाडि वढने छौ’ केसीले भने । तालिम दिएर सम्झौता गरे पछि उपभोक्ताहरु लाइ काम गर्न समेक सहज हुने प्रमुख केसीले बताए । गाऊपालिकाले कार्तिक मसान्त सम्म योजना सम्झौता गर्ने लक्ष्य रहेको उनको भनाइ रहेको छ । जसले गर्दा काम समेत समय मै सम्पन्न हुने गाऊपालिकाले जनाएको छ । ‘गाऊपालिकामा ८० प्रतिशत योजनाहरु समय मै हुने गर्दछन’ प्रमुख केसीले भने । गाऊपालिका समय मै काम सम्पन्न गर्ने गरि अगाडि वढेको उनको भनाइ रहेको छ ।

लमहीनगरपालिकामा पनि हाल सम्म चालु आर्थिक वर्षका योजना सम्झौता हुन सकेका छैनन । नगरपालिकाका प्रशासकिय प्रमुख गेहेन्द्रवहादुर डाँगीका अनुसार हाल सम्म कुनै पनि योजनाहरु सम्झौता हुन सकेका छैनन् । ‘योजना सम्भौताका लागि अहिले सम्म उपभोक्ताहरु आउनु भएको छैन’ प्रमुख डाँगीले भने । चार्डपर्वले पनि नआएको उनको भनाइ रहेको छ । अहिले नगरपालिकाले योजनाहरुको लागत अनुमान तयार गर्नेकाम जारी राखेको प्रमुख डाँगीले बताए । नगरपालिकाले उपभोक्ताहरु लाइ समय मै योजनाहरुको सम्झौता गर्न आउन आग्रह गरेको उनले बताए ।

आर्थिक वर्षको अन्तयमा आएर हतारमा काम गर्दा योजनाहरु समेत गुणस्तरीय नहुने बताए । ‘हतारमा काम गर्दा काम विग्रन सक्छ त्यसैले समय मै योजना काम सुरु गर्न पर्दछ’ प्रमुख डाँगीले भने । एकै पटक धेरै काम गर्नु पर्दा काम गर्दा समेत समस्या हुने गरेको उनको भनाइ छ । अत्यमा आएर काम गर्दा उपभोक्ताहरुले समेत दुख पाउने गरेको उनको भनाइ छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि वडास्तरीय योजनाहरु कुनैपनि संझौता भएका छैनन् । उपमहानगरपालिकाले रातोकितावमा योजनाहरु किटान गरेपनि संबन्धित वडाध्यक्षहरु त्यसलाइ कार्यान्वयन गर्नतल्लीन देखिएको अवस्था छैन । उपमहानगरको बजेटका योजनामा भने संझौता प्रक्रिया सुरु भैसकेको सुचना अधिकारी झरेन्द्र खरेलले बताएका छन् । तर वडास्तरका योजनाका सवालमा अझैपनि स्थानियबासी क्रियाशिल भएको देखिएको छैन ।