लमहीमा एक होटेल सिल
शिबराज खनाल
लमही,३१ साउन । कोरोनाको जोखिम क्षेत्रबाट यात्रु ल्याएर लमहीमा रहेको एक होटलमा खाना खुवाएपछि उक्त होटेललाई शिल गरिएको छ । लमही नगरपालिका– ५ लमहीमा रहेको नगर विकास समितिको भवनको एक नम्बर स्टलमा संचालित खनाल होटल शनिबारदेखि सिल गरिएको हो ।
सिराहाबाट पश्चिमतर्फ जान लागेको बसका यात्रीहरुलाई होटलमा खाना खुवाएपछि उक्त होटललाइ सिल गरिएको बताइएको छ । सिराहाबाट चाउँखोला जाने मजदुरहरुलाई पिसिआर टेष्ट नगरी स्वास्थ्य सुरक्षा नअपनाई ल्याइएका मजदुरहरुबाट समुदायमा कोरोना फैलन सक्ने जोखिम रहेको भन्दै होटेल सिल गरिएको लमही नगरपालिका वडा नं. ५ का वडा सदस्य कुमार भटट्राईले जानकारी दिएका छन् ।
उनका अनुसार होटल संचालकलाई वडा नम्बर ५ को क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ भने २८ जना मजदुरहरुलाई ९ नम्बर वडाको क्वारेन्टाइनमा राख्ने गरि चाउखोला पठाईएको छ ।
लमही नगरपालिका–५ का वडा सदस्य भट्टराईको नेतृत्वमा शनिबार स्थानीय दलका नेता, जनप्रतिनिधि, दाङ देउखुरी होटेल ब्यबसायी समिति लमहीका अध्यक्ष हेमन्त पाण्डे, वडा प्रहरी कार्यालयलगायतको उपस्थितमा होटल सिल गरिएको सदस्य भट्टराईले जानकारी दिएका छन् ।
