Goraksha

National Daily

तुलसीपुरमा साइला–साइली संगठन गठन

तुलसीपुर,३१ साउन । तुलसीपुर उपमहानगरपालिका–७ बेत्रावतिमा समाजसेवी साइला साइली संगठन गठन गरिएको छ । संगठनको संयोजकमा वसन्त पौडेल रहेका छन् ।

त्यसैगरी सहसंयोजकमा दिपक पोख्रेल र टेकराज रिजाल, संगठन विभाग संयोजकमा युवराज पौडेल, सहसंयोजकमा विरबहादुर चौधरी र मणिराम चौधरी रहेका छन् , आर्थिक विभाग संयोजकमा बिरबहादुर वली, सहसंयोजकमा यज्ञबहादुर वली र योजेश्वर भटटई रहेका छन् ।

संगठनको शनिवार बसेको बैठकले निश्वार्थरहित समाज सेवा गर्ने , सचेतनाका कार्यक्रमहरु गर्ने , समाजमा चेतना फैलाउने, नजिकिदै गरेको चाडपर्वलाई मध्यनगर गर्दै मठ मन्दीरलगायत गाउँ टोल सरसफाई गर्ने निर्णय गरेको छ ।