ट्राफिक प्रहरीलाई ‘ट्राफिक कोण’
दाङ, ३१ साउन । घोराही, सडक व्यवस्थापन सहज बनाउनका लागि सडक डिभिजन कार्यालयले ट्राफिक प्रहरीलाई ट्राफिक सामग्री सहयोग गरेको छ ।
शुक्रवार सडक डिभिजन कार्यालय घोराहीका प्रमुख निरज शाक्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीलाई ५० थान ट्राफिक कोण र त्यसका प्रयोग हुने ५ रोल डोरी प्रदान गरेका थिए ।
त्यस अवसरमा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख रेग्मीले सडक व्यवस्थापनका लागि ट्राफिक कोण सहयोग गर्ने सडक डिभिजन कार्यालयलाई धन्यवाद दिएका थिए । उक्त ट्राफिक कोणहरु जिल्लाका मुख्य बजारहरुमा राखिने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
