Goraksha

National Daily

कुटपिट गरि लुटपाट गर्ने दुई जना पक्राउ

दाङ,३१ साउन । दाङमा प्रहरीले कुटपिट गरि नगद पैसा, मोवाईललगायतका सामग्री लुट्ने दुई जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१६ खिरिट्टे निवासी २६ बर्षीय अम्मर भण्डारी, सोही ठाउँ निवासी ३३ बर्षीय हेमराज भण्डारी र ४१ बर्षीय निमबहादुर भण्डारीलाई कुटपिट गरि उनीहरु भएका नगद प्रसासहित अन्य सामन लुटपाटमा संलग्न दुई जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ६ चोरगाउँ निवासी २८ बर्षीय सुविर चौधरी र सोही ठाउँ निवासी ३३ बर्षीय सुनिल चौधरी रहेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरिक्षक एव प्रवक्ता राजकुमार बैदवारले जानकारी दिएका छन् ।

घट्नामा संलग्न सोही ठाउँ निवासी प्रदिप चौधरीलगायतका थप ८÷१० जनाको खोजी कार्य भैरहेको उनले बताए । उनीहरुले कुटपिट गरी नगद ३० हजारसहित मोबाईल र घडीसमेत लुटि लगेको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।