तुलसीपुर–७ मा मदिरा विक्रि वितरणमा कडाई
दाङ,३० साउन । तुलसीपुर उपमहानगरपालिका– ७ का ८ वटा टोल विकास संस्थाले मदिरा बिक्रिवितरणमा कडाई गरेका छन् ।
कोरोनाको महामारीको बिचमा जथाभावी मदिरा बिक्रि वितरण हुँदा जोखिम बढेकोले ८ ओटा टोल विकास संस्थाभित्र बेलुका ४ बजदेखि ८ बजेसम्ममात्रै मदिरा बिक्रि वितरण गर्न पाईने समय निर्धारण गरिएको छ ।
बेत्राबती युवा क्लब र नयाँ नेपाल युवा क्लबको समन्वयमा टोल विकास संस्थामा मदिरा बिक्रि वितरणमा कडाई गरिएको हो ।
सेन्टर बम्नै टोल विकास संस्था, शिवशक्ति टोल विकास संस्था, जीतपुर टोल विकास संस्था, बेत्रावती टोल विकास संस्था, सुन्दरवस्ती टोल विकास संस्था, ज्ञानज्योती टोल, र बुढागाउँ टोल विकास संस्थामा साँझ ४ बजदेखि ८ बजेसम्ममात्रै मदिरा बिक्रिवितरण गर्न सकिने निर्णय गरिएको हो ।
बेत्राबति युवा क्लबका अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधि रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा शुक्रवार छलफल गरि मदिरा विक्रि वितरणमा कडाई गरिएको हो ।
समन्वयात्मक कार्यक्रमबाट आउदै गरेको हरितालिका तीज पर्व समुदाय तथा सार्बजनिक स्थलमा नभई सबैले भौतिक दुरि कायम गरि आफ्नै घरमा मनाउने निर्णय गरिएको छ ।
कार्यक्रममा नेकपा वडा नम्बर ७ का अध्यक्ष प्रेम खनाल ,जनता समाजवादी पाटीका दिपक पोख्रेल, बुद्धिजिबि साउने चौधरी, ज्ञानज्योति टोल बिकासका रुपा जिसीलगायतकाले मदिरा बेचबिखनमा कडाई गर्नका लागि सबै व्यक्तिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण लक्ष्मी न्यौपानेले गरेकी थिइन ।
