Goraksha

National Daily

थप ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४ हजार ९५७

दाङ,२८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२५ संक्रमित थपिएका छन् । देशभरका विभिन्‍न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १६ हजार ८३७ जना उपचारपछि डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर १४ हजार ७६९ जना क्‍वारेन्टिनमा रहेका छन् ।