देउखुरीमा सञ्चारकर्मीहरुलाई मास्क सहयोग
शिवराज खनाल
लमही, २४ साउन । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले देउखुरीमा क्रियाशिल पत्रकारहरुलाई मास्क वितरण गरेका छन् ।
उनले शनिवार देउखुरीमा क्रियाशिल पत्रकारहरुलार्इ एक कार्यक्रमका विच मास्क वितरण गरेका हुन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको समयमा फन्टलाइनमा खटेर काम गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री गरेका हुन । पत्रकार सुरक्षीत भएर नै समाजलाइ सुरक्षित र सुसूचित बनाउन सहयोग गर्ने भएकाले माक्स बितरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।
साथै फ्रन्टलाइनमा काम गर्नुहुने सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरु र निम्न बर्ग भएका स्थानीयहरुलार्इ बितरण गर्ने जानकारी दिए । सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरेले मास्क सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिएका थिए ।
अध्यक्ष श्रेष्ठले लकडाउनका क्रममा गरिब बिपन्न बर्गहरुलार्इ खाध्यन्न, बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुलाइ मास्क,पन्जा ,सेनिटाइजर र लकडाउनको समयमा सरकारी निकाय सघ समन्वय गरि पैदलयात्रुहरुलाइ गन्तब्यस्थानसम्म पठाउने काम समेत गरेका थिए ।
