विभिन्न पार्टी परित्याग गरि गढवामा ४८ जना कांग्रेसमा प्रवेश
शिवराज खनाल
लमही,२४ साउन । देउखुरीको गढवा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गढवा गाउँपालिकाका वडा नं. ४ अजगढवामा शुक्रवार उनीहरुलई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र केन्द्रीय सदस्य योगेन्द्र चौधरीले उनीहरुलई अबिर टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गराउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गिरीले वर्तमान सरकार जनविरोधी बन्दै गएको बताएका थिए । अहिले किसानहरुलाई मलको चिन्ता भए पनि सरकार किसानको समस्या समाधान गर्न भन्दा पनि आफ्नो सत्ता टिकाउन लागि परेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेका अर्का केन्द्रीय सदस्य चौधरीले सरकार पूर्ण रुपमा असफल भैसकेको र जनतालार्इ झुक्याएर सत्ता टिकाउने काममा लागेको बताए । उनले बर्तमान सरकार २ तिहाईको दम्भकै कारण संकटमा फस्दै गएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति निर्मला हत्याकाण्ड, सुनकाण्डदेखि पछिल्लो पटक भएको स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखिएको अनियमितताले बर्तमान सरकार भ्रष्टाचारमा संलग्न भएको पुष्ठि गरेको बताए ।
पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेपाली कांग्रेसका नेपाली कांग्रेसका महासमिति सदस्य कर्णबहादुर बुढाथोकी , नेपाली कांग्रेस २ (क) का सभापति गिरिराज सुबेदी , किरणकिशोर घिमिरे ,पूर्वक्षेत्रीय सभापति अनुराग यादब , पूर्व महासमिति सदस्य मधु न्यौपाने , गढवा गाउँपालिका इकाइ सभापति बालचन्द्र हमाल , पूर्व महाधिवेशन प्रतिनिधि गुलाम महमद , युबा नेता अनुराग खडका , तरुण दल लमही सभापति सन्तोष बुढाथोकीलगायतका बोलेका थिए ।
