Goraksha

National Daily

कुलोमा डुबेर दुई बालकको मृत्यु

दाङ,२३ साउन । दाङमा दुई बालकको पानी डुबेर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १६ तेरौट निवासी राजु चौधरीका ७ बर्षीय छोरा आयुश चौधरी र सोही ठाउँ निवासी दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बिहान करिव साढे ९ बजेतिर सिचाईका लागि बनाइएको गौरीकुलामा खेल्ने क्रममा कुलोमा डुबेर बालकहरु अचेत अवस्थामा फेला परेका थिए ।

उनीहरुको उद्धार गरि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालकहरुको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।