दाङ,२१ साउन । घोराही उपमहानगरपालिका–१६ बाहुनडाडाँमा रहेको सिर्जनशील आधारभुतमा लिलाधर रावतले पाँच वटा अक्षकोष स्थापना गरेका छन् ।
बाहुनडाडाँ निवासी रावतले विद्यालयमा विभिन्न नाममा अक्षकोष स्थापना गरेका छन् । जसका रावतले बुधवार एक लाख ४५ हजार रुपैया विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेलाई हस्तान्तरण गरेका हुन ।
रावतले छोरीहरुको नाममा ४५ हजारको कली बस्नेत–खड्ककुमारी रावत अक्षकोष स्थापना रहेका छन् । जसको सस्थापकमा छोरीहरु श्यामा डाँगी तुलसीपुर–१८ दुधरास, सुमा डाँगी तुलसीपुर–१८ ,शान्ति बस्नेत (राधा) घोराही–१५ रहेका छन् ।
त्यसैगरी २५ हजार अक्षकोष रहने गरि क्वारी रावत स्मृति अक्षकोष स्थापना गरेका छन् । सस्थापकहरुमा श्रीमान लिलाधर रावत, छोराबुहारी देवीबहादुर रावत÷हुमादेवी रावत, निमकुमार रावत÷राधा रावत र भुमा केसी रावत रहेका छन् ।
यसैगरी २५ हजार नगद रहेको लक्ष्मी रावत÷ कालु रावत स्मृति अक्षकोष स्थापना गरेका छन । जसको सस्थापकमा लिलाधर रावत, देवीबहादुर रावत÷हुमादेवी रावत, निमकुमार रावत÷राधा रावत र भुमा केसी रावत रहेका छन् । २५ हजारको खड्ककुमारी रावत अक्षकोष स्थापना गरिएको छ । जसको सस्थापकहरुमा लिलाधर रावत, देवीबहादुर रावत÷हुमादेवी रावत, निमकुमार रावत÷राधा रावत र भुमा केसी रावत रहेका छन् ।
त्यसैगरी २५ हजारको सेती बुढाथोकी÷दलबहादर रावत र सिमा रावत अक्षकोष स्थापना गरिएको छ । जसको पुरस्कार सस्थापकमा लिलाधर रावत, देवीबहादुर रावत÷हुमादेवी रावत, निमकुमार रावत÷राधा रावत र भुमा केसी रावत रहेका छन् ।