घोराही, २१ साउन । रोल्पामा मंगलवार पानीसँगै आएको हावाले मकैबारीमा ठुलो क्षति पु¥याएको छ । रोल्पाको परिवर्तन गाँउपालिका वडा नंम्वर २ दाङ्जैका करिव ३६ घर परिवारले लगाएको मकैमा पानीसँगै चलेको ठुलो हावाले क्षति गरेको हो ।
लालीगुरास कृषक समुह तथा साना सिंचाई समितिका सचिव भीमप्रकास खत्रीका अनुसार दाङ्जैका सबै किसानको धानेबाला लागेका मकै सखाप बनाएको छ । मकैबारीमा पूर्ण रुपले क्षतिभएपछि दाङ्जैका किसानहरु चिन्तित बनेका छन् । मंगलबार दिउसो साढे २ बजेदेखि ४ बजेसम्म आएको पानीसँगै हुरीले मकैका बोटमा क्षति गरेको हो ।
समितिका सचिव खत्रीकोमात्रै १५ हेक्टर क्षेत्रफलमा लगाएको करिव ५० हजार रुपैया बरावरको उत्पादन हुने मकैमा क्षति पु¥याएको उनले बताए । दाङ्जै गाँउका सबै कृषकको धानेबाला लागेका मकै ठुलो पानीसँगै चलेको हुरीका कारण एकाएक भाचिएपछि अहिले कृषकहरु गाईलाई खुवाउन बाध्य भएका छन् । गाँउका सबै कृषकको मकै बारीमा ठुलो क्षति भएपछि अहिले उनीहरुले स्थानीय तहसँग राहतस्वरुप क्षतिपुर्तिको आशा राखेका छन् ।