दाङ,२१ साउन । साविक धर्ना गाविसका अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुर निवासी स्वर्गीय कृष्णबहादुर केसीको सम्झनामा वडा कार्यालयले बुधवार श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।
वडा अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जलीसभा बोल्ने बक्ताहरुले साविक धर्ना गाविसको विकासका लागि केहीले खेलेको भुमिकालाई जनताले कहिल्यै भुल्न नसक्ने बताएका थिए । विकासप्रेमी तथा समाजसेवी केसीको निधनले ठुलो क्षेती बेर्होनु परेको बताएका थिए । साथै उनीहरुले केसीको योगदान र जीवनीको चर्चा समेत गरेका थिए ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका नेता भरतबहादुर न्यौपाने, कांग्रेस नेता नेमकान्त दाहाल, घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य डिल्ली नेपाली, घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधव चौधरी, वडा नं. ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, वडा नं. १६ का अध्यक्ष ताराबहादुर डाँगी,नेपाली कांग्रेस धर्नाका प्रतिनिधि तिलविक्रम पछाई, नेकपाका नेता नोमबहादुर केसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष सुर्यलाल नेपाली, परिवारकातर्फबाट रोवरबहादुर केसीलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए । यसैविच वडा कार्यालयले पूर्व अध्यक्ष केसीको सम्झनामा एक दिन कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द गरेको थियो ।
साविक धर्ना गाविसको दुई कार्यकाल आध्यक्ष भएर काम गरेका केसीको यहि साउन १५ गते ६५ बर्षको उमेरमा निधन भएको थियो ।