वन तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गर्ने १० जना सम्मानित

दाङ, २१ साउन । डिभिजन वन कार्यालय दाङले वन तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने १० जना वन संरक्षणकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ ।

प्रदेश ५ का वन तथा वातावरण मन्त्री लिला गिरी र डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पु¥याएका र कार्यालयका काम नागरिकको गुनासोरहित बनाएको भन्दै कर्मचारी र वन संरक्षणकर्मी सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा सर्वाेत्कृष्ट पुरस्कारबाट सहायक वन अधिकृत सिद्धान्त वराल र कर्मचारी खिमबहादुर चौधरी, त्यसैगरी उत्कृष्ट पुरस्कारबाट फरेष्टरद्वय विरजंग वली र तिलक चौधरी, सशस्त्र बन सुरक्षातर्फ सुवेदार मोतिराम थारु, कार्यालयकी कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, वन रक्षकद्वय विनोद अधिकारी र नवराज अधिकारी सम्मानित भएका छन् । त्यस्तै, सान्त्वना तर्फ अधिकृत लेखातर्फ जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायकतर्फ प्रकाशबहादुर साउद सम्मानित भएका छन् ।

कार्यक्रमको उदघाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन तथा वातावरण संरक्षण गर्न हामी सबैको साझा दायित्व भएको बताएका छन् । मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठुलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यसतर्फ सबै गम्भीर बन्नुपर्ने वन तथा वातावरणमन्त्री गिरीको आग्रह छ ।

डिभिजन वन कार्यालय दाङले आयोजना गरेको शून्य वन डढेलो महाअभियान २०७६÷०७७ सफल घोषणा एवं अग्नि नियन्त्रण सामग्री प्रदर्शनी गृह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले मन, वचन र कर्मले वन जोगाउन सबै लाग्नु पर्ने बताएका थिए ।

डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीको अध्यक्षता तथा वन तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अवसरमा वन संरक्षण, प्रवद्र्धन र यसको दीगो विकासका लागि वन डडेलो नियन्त्रण, वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण र वृृहतर बृक्षारोपण लगायत कार्यमा पछिल्लो समय वन कार्यालयले उल्लेखनीय कार्य गरेर वन तथा वातावरण संरक्षण योगदान दिएको भन्दै आभार प्रकट गरेका थिए ।

डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले यस पटक कार्यालयले वन डढेलो नियन्त्रण महाअभियान तथा लकडाउन लगायत विषम परिस्थिति र वनका पदाधिकारीको सक्रियताले गर्दा आर्थिक वर्ष २०७६÷०७७ मा शून्य वन डढेलो सफल हुन सम्भव भएको बताए ।