Goraksha

National Daily

हनुमानै हनुमानको हालीमुहाली

भूपेन्द्र सुवेदी

१. जनता सुसूचित गराउने पार्टीका हनुमान
२. दर्शक श्रोता सबैका हुनुपर्ने कलाकार : पार्टीका हनुमान
३. डा. इन्जिनियर, प्रोफेसनल सबै : पार्टीका हनुमान
४. पढ्ने विद्यार्थी, पढाउने शिक्षक, प्राध्यापक : पार्टीकै हनुमान
५. पिढीमा बसेर लहरेखोकी खोक्ने हजुर बुबा हजुरआमा बाआमा : पार्टीकै हनुमान
६. काम छैन, काज छैन, नेताहरुको दास बनेर उनीहरुकै झोला बोक्ने र उनीहरुकै भाषा खोक्ने दाइभाइ, दिदीबैनी : पार्टीकै हनुमान
७. भर्खर नाल झरेका नाति–नातिनादेखि छोराछोरीसम्म पार्टीकै हनुमान
८. बुझेका पनि हनुमान नबुझेका पनि हनुमान अरबका खाडीहरुमा बग्ने पसिनाका बाढीहरुमा बग्ने दाइभाइ र दिदीबैनी पनि : पार्टीकै हनुमान
९. कर्मचारी, पुलिस, सेना, पार्टीकै हनुमान
१०. न्याय दिने न्यायाधीश : पार्टीकै हनुमान
११. न्यायको वकालत गर्ने वकिल : पार्टीकै हनुमान
१२. नागरिक समाज पार्टीकै हनुमान
१३. मानवअधिकारका कुरा छाट्ने : पार्टीकै हनुमान
१४. आँखा चिम्लिएर मतदान गर्ने भोटरहरु : पार्टीकै हनुमान
१५. ब्यक्तिगत स्वार्थका लागि नेताका दास बन्ने गुण्डा, डन, माफिया सबै पार्टीकै हनुमान
१६. भ्रष्टचार र अनेमितताका नायकहरु सबै : पार्टीकै हनुमान
१७. स्वतन्त्र मानिस भेटिन गाह्रो, एक–दुई भेटिए देखिन गाह्रो सबै राजनीतिीज्ञ भएर होला
१८. देशमा परेको छ इतिहासकै अप्ठेरो, घरको झगडाले सीमामा छिमेकीको गाईजात्रा
१९. देशमा हावी छन् झोले खोले र नबोले .
२०. धुलो धुँवा, प्राकृतिक दोहन, अन्याय–अत्याचार, भ्रष्टाचार हर कुरामा बेथिती हुँंदा पनि हाहाकार थाहा छैन सरकार
२१. बिग्रेको देशको भत्केको चाल सधैभरी गाईजात्रे ताल
२२. जे कुरा हे¥यो हाडी गाउँको हाल धेरै नगर सधै गाईजात्रे ताल
२३. क्वारेन्टाइनको च्याति सक्यो पाल क्वारेन्टाइनभित्र हुन्छ बलात्कार कले पाउने चाल .
२४. आज पनि गाईजात्रेले नेताहरुलाई बनाई दिएकै छौं मालामाल