लकडाउनको अवधिमा ३३ प्रेस स्वतन्त्रताविरोधी घटनाहरू

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ १९ साउन । नेपाल पत्रकार महासंघले आफ्नो सञ्चार अनुगमन इकाईको प्रतिवेदन सार्वजनिक गरेको छ । लकडाउन शुरु भएको समय अर्थात २०७६ चैत ११ गतेदेखि २०७७ साउन ६ गतेसम्मका प्रेस स्वतन्त्रता हननका घटनाहरूको विवरण महासंघले सार्वजनिक गरेको हो । महासंघका अनुसार यो अवधिमा त्यस्ता २८ वटा घटनाहरू अभिलेख भएका छन् । जस्मा धम्कीका ९ वटा घटना, दुव्र्यवहारका ११ वटा, समाचार संकलनमा अबरोधका ३ वटा, आक्रमणका १, गिरफ्तारका ३ र सञ्चार सामग्री तोडफोडका १ वटा घटनाहरू रहेका छन् । यी घटनाहरुमा ३३ जना पीडित भएको पनि महासंघले जनाएको छ । महासंघले आफ्नो अभिलेखमा राखेका प्रेस स्वतन्त्रता बिरोधी घटनाहरूको विवरण निम्न प्रकारका रहेका छन् ।
१. २०७७ साउन १ गते नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा र उहाँका छोरा अभिषेक थापाले गालीगलौज र अभद्र व्यवहार गरेको थियो । बिहीबार साँझ समाचारका लागि टेलिफोनबाट वार्ता गर्ने क्रममा पत्रकार तिमल्सिनालाई (एन्फा) का पूर्वअध्यक्ष थापाले गालीगलौज र अभद्र व्यवहार गरेका थिए भने थापाका छोरा अभिषेकले थापाथलीस्थित हाम्रो खेलकुद डटकमकको कार्यालय परिसरमै गएर पत्रकार तिमल्सिनासँग वादविवाद गर्दै अभद्र व्यवहार गरेका थिए ।
२. २०७७ असार १० गते समाचार संकलनका क्रममा नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका महासंघ नुवाकोट शाखाका कार्यसमिति सदस्य एवं टीभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई उक्त गाउँपालिका वडा नं. १, ३ र ६ का वडा अध्यक्षहरु क्रमशः दयानिधि अधिकारी, सूर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले दुव्र्यवहार गर्दै पत्रकार भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गरेका थिए । यस्तै त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएम प्रमुख विष्णुप्रसाद अधिकारीलाई दुव्र्यवहार र आक्रमण प्रयास गर्दै पत्रकारद्वयको सवारी साधनमा समेत क्षति पु¥याएका छन् ।
३. २०७७ जेठ ३२ गते समाचारको विषयलाई लिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभल एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको थियो । प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महंगो भाडा असुलेका विषयमा विभिन्न शीर्षकमा समाचार गरेपछि सोही निहुँमा आफूलाई आइतबार बिहान ११ बजे ९८५१०८२५१२ नम्बरको मोवाइलबाट फोन गरी निज केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएका थिए ।
४. २०७७ जेठ २९ गते नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका सदस्य तथा नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार भूपराज बस्यालाई गल्याङका स्वास्थ्य शाखा प्रमुखले गरेको आत्महत्याको विषयमा उहाँ आवद्ध पत्रिकामा प्रकाशित समाचारलाई लिएर स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालय उपस्थित गराई सोधपुछ गरी दुव्र्यवहार गरेको छ ।
५. २०७७ जेठ २९ गते नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनलाई घोराही–१५ न्युरोड निवासी साजन भण्डारीलगायतका दुई÷तीन जनाको समूहमा रहेका युवाहरुले दुव्र्यवहार गर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातको प्रयास गरेका थिए । महासंघ दाङ शाखाका अनुसार घोराही–१४ शहीद लखनपार्क नजिक स्थानीयले टिप्पर रोकेको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आइदिन आग्रह भएपछि त्यहाँ पुग्नु भएका अध्यक्ष प्रियासनलाई स्थानीय र टिप्पर सञ्चालकबीच सहमति गराउन प्रयास गरिरहँदा निज भण्डारीलगायतका युवाहरुको समूहले दुव्र्यवहार गर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातसमेत गरेका थिए ।
६. २०७७ जेठ २६ गते काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समूहका प्रकाण्डद्वारा विज्ञप्ति जारी गरेर उक्त अनलाईनलाई धम्क्याएको थियो । जेठ २६ गते बेलुकी ८ बजे उक्त अनलाईनमा प्रकाशित ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षक समाचारलाई लिएर प्रकाण्डद्वारा अनलाइनविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरिएको थियो ।
७. २०७७ जेठ २७ गते समाचारको विषयलाई लिएर कैलालीका पत्रकार टंकप्रसाद कडेललाई घाडाघोडी नगरपालिका–१ का स्थानीय व्यापारी होमप्रसाद आचार्यले फोनबाट धम्क्याएको थिए । महासंघ कैलाली शाखाका अनुसार घाडाघोडी नगरपालिकाको नीति तथा कार्यक्रमको विषयलाई लिएर प्रकाशन÷प्रशारण भएको दुईवटा समाचार शीर्षकलाई लिएर पत्रकार कडेललाई सोही राति फोन गरी निज व्यापारी आचार्यले समाचार किन लेखेको भनी अपशब्द प्रगोग गर्दै धम्क्याएका थिए ।
८. २०७७ जेठ २९ गते नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं सुर्खेतबाट प्रकाशित हुने कर्णालीपत्र दैनिकका प्रधानसम्पादक सूर्यमणि गौतमको नाम जोडेर विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति दुव्र्यवहार गरिएको छ । गौतमका अनुसार उहाँसम्बद्ध पत्रिकाको अनलाइन संस्करणमा ‘सभामुखको लागि नियमविपरीत गाडी खरिद’ सँग सम्बन्धित समाचारको विषयलाई लिएर कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको निर्देशनमा व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशित भएका थिए ।
९.२०७७ जेठ २७ गने नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाका सदस्य एवं तुखवरडटकमका समाचार शाखा प्रमुख बलराम पुडासैनीलाई समाचार संकलनका क्रममा हटौडा–९ निवासी रमेश गेलालले दुव्र्यवहार गरेका थिए । महासंघ मकवानपुर शाखाका अनुसार हेटौडा–४ पारिजातपथमा मलखाद लिन लामवद्ध रहेका किसानहरुले भोग्नुपरेको समस्या र त्यहाँको अवस्था बारेमा समाचार सकंलनका लागि पुगेका पत्रकार पुडासैनीलाई निज गेलालले बिनाकारण प्रहरीकै सामुन्ने धकेल्दै अपशब्द प्रगोग गर्दै दुव्र्यवहार गरेका थिए ।
१०. २०७७ जेठ २२ गते नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा तथा दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको थियो । रुकुम घटनाको सम्बन्धमा दलित पत्रकार संघका पदाधिकारी सम्मिलित टोलीसँगै समाचार संकलनको लागि जाजरकोट जाने क्रममा प्रहरीले पत्रकारद्वयलाई सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश भन्दै सल्यानको बालुवासंग्राहीबाट फर्काएको थियो ।
११. २०७७ जेठ १६ गते कैलालीस्थित टिकापुरबाट प्रशारित रोडियो नमस्तेमा प्राविधिकका रुपमा कार्यरत विफा चौधरीलाई राति करिब १२ बजेतिर तीन जनाको समूहमा आएका व्यक्तिहरुले मार्ने उद्देश्यसहित आक्रमण गर्दा घाइते हुन पुग्नुभएको छ । टिकापुर न.पा. १ बस्ने चौधरीलाई हात बाँधेको, घाटीमा टेप लगाएको तथा शरीरमा रगतको टाटा भएको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको महासंघ कैलाली जिल्ला शाखाले जानकारी गराएको छ ।
१२. २०७७ बैशाख २८ गते वीरगन्जस्थित नयाँपत्रिका दैनिकका सम्वाददाता एवं सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको थियो । वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनको प्रवेशद्वार नजिकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरेको निहुँमा दिउँसो २ः०० बजे प्रहरीले पत्रकार यादवलाई लछारपछार गर्दै एफएम स्टेशनकै प्रवेशद्वारबाट पक्राउ गरी प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो ।
१३. २०७७ बैशाख २३ गते समाचार संकलनका क्रममा पोखरामा पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दीपक केसीले दुव्र्यवहार गरेका छन् । करिब १२ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीको गेटबाहिर बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर निवेदन दर्ता भएको ५ दिनसम्म पनि पीडकलाई पक्राउ नगरेपछि भेला भएका पीडित पक्ष, कानुनी व्यवसायी र जनप्रतिनिधिहरुका सम्बन्धमा समाचार संकलन गर्ने क्रममा प्रहरी निरीक्षकद्वयले पत्रकार नेपालीलाई भिडियो खिच्न रोक लगाउँदै दुव्र्यवहार गर्नुका साथै क्यामेरा खोस्ने प्रयाससमेत गरेका थिए ।
१४. २०७६ चैत २० गते काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाइएको सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको विषयलाई लिएर पत्रकार महासंघका महासचिव रमेश विष्टलाई प्रधानमन्त्री सचिवालयबाटै धम्की दिइएको ।
१५. २०७७ बैशाख १९ गते राहत वितरणको क्रममा विवाद भएपछि वडा कार्यालयमा ताला लगाइएको फोटो खिच्दा कैलालीको केआइसिंह गाउँपालिका वार्ड नं ४ बाट पत्रकार लोक कार्कीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको । उहाँमाथि दुव्र्यवहार समेत भएको ।
१६. २०७७ वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खवर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको छ । चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको थियो ।
१७. २०७७ बैशाख १८ गते वाह्खरी डटकमका पत्रकार केशवराज जोशीलाई प्रहरीले दुव्र्यवहार गरेको छ । बानेश्वरबाट थापाथलीस्थित कार्यालय जाँदै गदाँ बानेश्वर चोकमा भिडियो खिच्दै गर्दाको अवस्थामा प्रहरीले पत्रकार जोशीलाई दुव्र्यवहार गर्नुका साथै पत्रकार परिचयपत्र खोसेर १० मिनेट होल्डमा राखेका थिए ।
१८. २०७७ बैशाख १५ दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई केसीलाई २०७७ बैशाख १० गते लिखित समाचारको विषयलाई दैलेख नारायण नगरपालिका चमेना गृह सञ्चालक छत्र थापाले सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गरेका थिए । नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमितता सम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार केसीलाई धम्की दिइएको थियो ।
१९. २०७७ बैशाख १५ गते समाचार संकलनका लागि विहान १०ः०० बजेतिर चितवनको भरतपुरस्थित चौवीसकोटीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुव्र्यवहार गर्दै पक्राउ गरेका छन् । पत्रकारद्वयले परिचय–पत्र देखाउँदा–देखाउँदै प्रहरीले दुव्र्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारी साधनर सञ्चार साधनसमेत नियन्त्रणमा लिएका थिए ।
२०. २०७६ चैत २० गते प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको हो ।
२१. २०७७ बैशाख ५ गते इमेज च्यानलको कार्यकक्षमै पत्रकार तथा समाचार वाचिका ग्रिष्माराज भण्डारीमाथि अक्रमण भएको हो । कार्य विभाजनको शिलशिलामा भण्डारीमाथि त्यही कार्यरत पत्रकार सुसन रामदासले आक्रमण गरेको पत्रकरा भण्डारीले जानकारी दिनुभयो । कुटपिटबाट उहाँको टाउकोमा गहिरो चोट लागेकाले टिचिङ अस्पतालको इमर्जेन्सीमा उपचार गरिएको थियो । आक्रमण गर्ने पत्रकार सुसन रामदासलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।
२२. २०७६ साल चैत १६ गते अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको समचार लकडाउनमा सांसद एम्बुलेन्समा आएपछि भन्ने शीर्षकमा समचार प्रकाशित भएपछि अन्नपूर्णपोष्ट दैनिक कालिकोटका संवाददाता विष्णप्रसाद न्यौपानेलाई सामाजिक सञ्जालमार्फत नन्दकेस अधिकारी तथा खगेन्द्र चौलागाईलगायतका व्यक्तिहरूले धम्कीपूर्ण भाषामा चरित्र हत्या गरेका छन् ।
२३. २०७७ बैशाख ३ गते नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएका थिए । बैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहान बनाएर ९ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासंघमा जानकारी गराउनु भएको हो ।
२४. २०७६ चैत ३० गते महासंघ सुदूरपश्चिम प्रदेश समितिका अनुसार २०७६ चैत ३० गते धनगढी एफएमबाट प्रसारित तातो बहस कार्यक्रममा वडा कार्यालयले वितरण गरेको राहतको विषयमा वडाध्यक्ष मुडभरी र कार्यक्रम सञ्चालक नवराज घानुकबीच कार्यक्रमै चर्काचर्की भएको थियो । सोही विषयलाई लिएर कार्यक्रम सकिएलगत्तै रेडियो परिसरमा अध्यक्ष मुडभरीसहितका व्यक्तिहरु जथाभावी प्रवेश गरी आक्रमणको प्रयास गरेका थिए ।
२५. २०७६ चैत २४ गते सुर्खेतस्थित जागरण एफएमका समाचार बाचक नन्द कठायतलाई रेडियोको कार्यालय जाँदै गर्दा प्रहरीले हातपात गर्नुका साथै दुव्र्यवहार गरेका थिए ।
२६. २०७६ चैत्र २४ गते सोमबार महासंघका प्रदेश सभासद तथा नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाई समचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले गालीगलौज गर्दै धम्क्याएका छन् ।
२७. २०७६ चैत्र २४ महासंघ धनकुटा शाखाका अनुसार गते जिल्ला प्रशासन कार्यालय धनकुटाको जिल्ला दैवी प्रकोप उद्धार कोषमा स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयोजनमा विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रममा समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेका महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष एवं हिमालय टाइम्स दैनिकका सम्वाददाता खगेन्द्रप्रसाद घिमिरे र कार्यसमिति सदस्य एवं हिमालयन टेलिभिजनका सम्वाददाता कविराज घिमिरेलाई स्थानीय प्रशासकको आदेशमा जिल्ला प्रशासन परिसरबाट अपमानजनक ढंगबाट बाहिर निकालिएको छ । त्यस्तै महासंघ धनकुटा शाखा उपाध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिकका सम्पादक नगेन्द्र राई, शाखा सहसचिव एवं अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता हरिबहादुर लम्जेल, रेडियो भेडेटारका स्टेसन प्रमुख पूर्णकुमार चौधरी, थाहा सञ्चार धनकुटा सम्वाददाता ईश्वर थापालगायतलाई सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै समाचार संकलनमा रोक लगाउँदै जिल्ला प्रशासन परिसर बाहिर नै रोकेका थिए भने खिचिएको तस्वीर मेटाउन लगाएका थिए ।
२८. २०७६ चैत २३ गते नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएका छन् । चैत्र २३ गते प्रभाव न्यूज डटकममा क्वारेन्टाइनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा समाचार प्रकाशित भएपछि सभापति श्रेष्ठले सचिव चौलागाईलाई पैसामा बिकेर समाचार लखेको, भेटघाटमा राम्रै चिनजान हुन्छ’ भन्ने जस्ता शब्द प्रयोग गरी धम्क्याएका थिए ।