दोषी भए कारवाही : प्रमुख पाण्डे

  •   
  •  

तुलसीपुर उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छ ।

नगर प्रमुख घनश्याम पाण्डेले नगरवासी सबैलाई दुःखी बनाउने खालको यस घटनाका बारेमा कुनै पनि आग्रह र पूर्वाग्रहबिना नै सत्य-तथ्य छानविन भएर दोषीलाई आवश्यक कारवाहीका पूणर् सहयोगको समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘यो र यस प्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही, व्यवसायी या जनप्रतिनिधि जोकोहीको पनि संलग्नता देखिए आवश्यक छानविन र कारवाहीका लागि नगर प्रमुखका हिसाबले मैले कुनै पनि कञ्जुस्याई नगरेर सघाउने प्रतिबद्धता जनाउँछु’-प्रमुख पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै उपमहानगरपालिकामा हुने कुनै पनि अनियमितताका घटनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसैगरी जानकारी दिएर उपमहानगरपालिकालाई सुशासनयुक्त स्थानीय तहका रुपमा विकास गर्न आम सर्वसाधारणलाई समेत उनले आग्रह गरेका छन् ।