प्रतिवेदन लेखन तालिम

  •   
  •  

दाङ, १७ साउन । दाङ महिला जेसीजको आयोजनामा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । तालिम उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले जेसीजले जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

उनले उत्पादन भएका दक्ष जनशक्तिले समाज विकासमा सहयोग पु¥याउने उनको विश्वास थियो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघ उपाध्यक्ष विपुल पोख्रेलले प्रतिवेदनको महत्व र लेखन शैलीको बारेमा जानकारी दिएका थिए । प्रशिक्षकहरु उपप्राध्यापक सुदीप गौतम र सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका अध्यक्ष किरण थापाले प्रतिवेदन लेखनका बारेमा जानकारी गराएका थिए ।

तालिममा २५ जनाको सहभागिता थियो । कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, त्रिभुवननगर जेसीजका अध्यक्ष माधव पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम दाङ महिला जेसीजका अध्यक्ष जीबा भुसालको अध्यक्षतामा भएको थियो ।

तालिमको आवश्यकता र विषयमा दाङ महिला जेसीजका पूर्व अध्यक्ष माया पोख्रेलले प्रकाश पारेकी थिइन् । कार्यक्रम संयोजक जुनुकुमारी बुढा मगरको स्वागत मन्तव्यबाट सुरु कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष अनिता ढकालले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् ।