भैसी चराउन गएका अहिर मृृत फेला

  •   
  •  

शिबराज खनाल
लमही,१७ साउन । देउखुरीमा हराएका एक व्यक्ति मृत फेला परेका छन् ।

शुक्रबार भैंसी चराउन गएको समयमा हराएका लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी ७४ बर्षका जगतराम अहिरको शनिबार राप्ती नदिमा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।

स्थानीयहरुका अनुसार भैंसी चराएर घर फर्किने क्रममा उनी हराएका थिए । नदि तर्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आसंका गरेको छ ।