बर्गद्दीमा सूचनाको हक

  •   
  •  

दाङ, १७ साउन । घोराही उपमहानगरपालिका–१७ बर्गद्दीमा सूचनाको हकसम्बन्धी अभिमुखीकण कार्यक्रम शनिवार सम्पन्न भएको छ । बर्गदीमा फ्रिडम फोरमसँगको सहकार्यमा शान्ति टोल विकास सस्था र शान्ति कृषक समूहले कार्यक्रम गरेका हुन ।

कार्यक्रमको प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सूचनाको हक सम्वन्धी हरेक नागरिकमा ज्ञान हुन आवश्यक रहेको बताएका थिए । उनले आफ्ना गाउँघरमा हुने विकास निर्माणका काम जान्नका लागि हरेक नागरिकले सूचनामा सूचनाको हकको ज्ञान हुनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष तथा फ्रिडम फोरमका ५ नंम्वर प्रदेश संयोजक सुदीप गौतमले सूचनाको हकले राज्यलाई जनताप्रति जवाफदेही र पारदर्शी बन्न सहयोग पु¥याउने बताए ।

उनले अहिलेको सयम सूचनाको युग भएकाले सूचना कसरी लिने भन्ने विषयमा हरेक नागरिक सचेत बन्नुपर्ने समेत बताए । सूचनाका हक सम्वन्धी नागरिकमा हुने ज्ञानले नै नागरिकलाई बलियो हुन सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रममा सामाजि तथा आर्थिक रुपमान्तरणका लागि युवा समूहका अध्यक्ष किरण थापाले सुशासन स्थापनाका लागि सूचनाको हकको महत्वपूर्ण भुमिका हुने बताएका थिए । शान्ति टोल विकास सस्थका अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । सस्थाका कोषाध्यक्ष मञ्जु रेग्मीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव प्रतिक्षा अधिकारीले गरेकी थिइन ।