‘मलाई टिकटकले साथी हो, हिरो बनायो…’ को म्युजिक भिडियो सार्बजनिक

  •   
  •  

शिबराज खनाल
लमही,१७ साउन । गायक ज्ञानेन्द्र स्वर्णकारको तीज गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

स्वर्णकारले तीजको मेलोडीमा रहेको सदाबहार गीत ‘मलाई टिकटकले साथी हो, हिरो बनायो…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

आफ्नै स्वर र संगीत रहेको गीतमा उनलाई स्वर दिएर गायीका सुष्मा सिर्पाईलीले साथ दिएकी छिन ।

समाजमा लुकेर रहेका प्रतिभालाई टिकटकले उजागर गर्नमा ठुलो भूमिका खेलेको भन्दै टिकटकले हिरो बनायो नामक म्युजिक भिडियो सार्बजनिक गरेको बताएका छन । ‘टिकटकले हिरो बनायो’ लाई दर्शक स्रोताले सकारात्मक प्रतिक्रिया दिएको गायक स्वर्णकारले बताए ।

केडी शर्माले लेखेको गीतलाई सुरेश पन्थीले छायांकन गरेका हुन । गीतको म्युजिक भिडियोको सुरज पाण्डेको निर्देशन रहेको छ । भिडियोमा गोपाल गोराथोकीले ड्रोन संयोजन गरेका छन् ।

भिडियोमा मोडल सुरज पाण्डे र सोनु महतराको नृत्य रहेको छ । हास्य कलाकार कमल गाउँलेको पनि दमदार बुवाको अभिनय रहेको छ । टिकटकले हिरो बनायो भिडियोलाई जि. एम. फिल्मस प्रालि र बिटिएस प्रोडक्सन हाउसले सम्पादन गरि बजारमा ल्याएको हो ।

युवा पिढीका लागि सिर्जना गरिएको गीत ‘टिकटकले हिरो बनायो… भएको भन्दै उनले गीतको म्युजिक भिडियोलाई माया गरिदिन आग्रह गरेका छन् ।

यसअघि गायक स्वर्णकारले ‘हल्लायो हल्लायो, तिम्रो जवानीले दुनिया हल्लायो’, ‘बुझिनौ कि मायालु… (टप्पा)’, नभन मलाई पुर्बेली पश्चिमेली (देशभक्ति), ‘आगो आगो…’, ‘दुःख पाईया छ….’ लगायत २ दर्जन बढी चर्चित गीतहरु सिर्जना तथा स्वर दिएका छन् ।