तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घुससहित पक्राउ

  •   
  •  
दाङ,१६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तुलसीपुरबाट काठमाडौं जाँदै गरेको अवस्थामा उपाध्यायलाई शुक्रवार साँझ नागढुंगाबाट पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उपाध्यायसँग नगद १ लाख ४० हजारसहित आठ लाख बैंकमा जम्मा गरेको बैक भौचर बरामद गरेको छ । उक्त रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारले दाबी गरेको छ । घुस लिएर काठमाडौं जाँदै गरेको सूचनाका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा सो रकम फेला पारेको हो ।
तर तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले प्रमुख प्रशासकीय अधिकृतले आफुलाई काठमाडौ जान लागेको बारे जानकारी नै नगराएको बताएका छन् । अख्तियारको नियन्त्रणमा परेको समाचार अरुबाट थाहा पाएपछि मात्रै काठमाडौं पुगेको आफुलाई यस विषयमा जानकारी भएको नगर प्रमुख पाण्डेयले बताए ।
उनी ५महिना पहिले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए ।