Goraksha

National Daily

हिंसाबाट विजय प्राप्त हुँदैनः पहाडी

बालाराम खड्का
तुलसीपुर । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले हिंसाबाट पूर्ण विजय प्राप्त हुन नसक्ने भन्दै शान्तिको पक्षमा सवै लाग्नुपर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाजको शुक्रवार देखि तुलसीपुरमा सुरु भएको २२औं राष्ट्रिय परिषद बैठक उदघाटन कार्यक्रममा बोल्दै उनले नेपालमा शान्ति स्थापनागरी शुसान कार्यम गर्न सरकारपनि अग्रसर हुनुपर्ने बताए । उनले विप्लप नेकपालाई वार्ता र सम्वादमा आउन आग्रह समेत गरे ।

‘सत्तामा बस्ने नेकपा छ, विप्लप समुहको नेकपाको रणनिति केहो भन्ने सत्ता पछलाई विप्लपलाई उनीहरुको कम्जोरी थाहाछ,’ उनले भने । उनले सरकारलाई दमन र विप्लपलाई हिंसा छोडन मानव अधिकार वादीहरुले खवरदारी गनुपर्ने बताए । ‘ ढुङ्गा सानोहोस वा ठुलो त्यो ठोकीयो भने झिल्का निकलनछ, त्यसले विनास निम्ताउन सक्छ वेलैमा सचेत हुनुपर्छ –पहाडीले भने । उनले आफुहरुलाई हिंसा अवराध स्वीकार नहुने भन्दै हिंसाले पूर्ण विजय प्राप्त गर्न नसकीने बताए ।

पहाडीले भारतीय सेना कालापानीबाट फिर्ता गर्नका लागि सरकारले राजनितिक, कुटनितिक तरीकाले पहल थाल्नुपर्ने बताए । उनले कालापानी लिपुलेख नेपालकै भएको भन्दै यसतर्फ सवै गम्भीर हुनुपर्ने बताए । उनले लोकतन्त्रलाई कम्जोर गराउने कार्यकसैबाट गर्न नहुने भन्दै लोकतन्त्रलाई बचाउन सवै लाग्नुपर्ने बताए । पहाडीले आफुहरुले पछिल्लो समयमा वातावरण संरक्षण र सरसफाई अभियानलाई पनि संग संगै लगेको भन्दै वातावरण परिवर्तनको न्यूनिकरण सवैले अभियानलाई साथ दिनुपर्ने बताए । उनले जस्ले फोहर ग¥यो त्यसले सरसफाई गर्नु समेत बताए ।
‘फोहर सफा गर्ने यहाँकै नागरिको कतव्यहो सुरक्षामा लाग्नेलाई यस अभियान सहभागीता गराउनु हुदैन’ । उनले शान्ति सुरक्षा र देशको रक्षागर्ने प्रहरी र सेनालाई फोहर सफागर्नमा लगाउन नहुने बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले मानवअधिकार शान्ति समाजले विगत देखिनै शान्ती लोकतन्त्रको पक्षमा महत्पूर्ण भुमिका खेलेको बताइन् । उनले हिंसाले देशको विकाश नहुने भन्दै लोकतान्त्र प्रजातन्त्रलाई बचाउन खवरदारि अझै आवश्यक रहेको बताइन् । नेकपाका देवराज विश्वकर्माले समाजलाई राम्रो गराउन सवै लाग्नुपर्ने बताए । उनले हिंसा रहति समाज निर्माण गरि देशलाई समृद्धि तिर लैजानुपर्ने बताए । उनले निरासा भन्दा पनि सवैले सकारात्म कर्मगरी अगाडी बढनुपर्ने बताए ।

त्यस्तै नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले देशलाई माया गर्नु मान्छेको अभाव भएको बताए । उनले राष्टि राष्ट्रियताको पक्षमा सवै लाग्नुपर्ने बताए । कार्यक्रममा सामाजिक अभियानता लोकेश ढकाल, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, सल्लाहकार डा. गंगाधर अधिकारी,प्रमुख जिल्ला अधिकारी पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, महिला अधिकारकर्मी पदमा चौधरी, युवा करारा, ब्रहमकुमारी इश्वरी विश्व विद्यायकी गिता दिदि, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तलगायतले बोलेका थिए । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य मुल आयोजक समितिका संयोजक शरद रेग्मीले गरेका थिए भने धन्यवाद ज्ञापन पूर्व केन्द्रिय उपसभापति मोहन धितालले गरेका थिए ।

कार्यक्रमको सहजिकरण महासचिव सुशील बस्नेतले गरेका थिए । राष्ट्रिय परिषद् वैठकमा देशभरका प्रतिनिधि प्रवेक्षक गरि तिन सय बढीको सहभागीता रहेको छ । वैठकमा रुपन्देही शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मानित गरिएको थियो भने विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।