Goraksha

National Daily

हाप्किडो संघको महासचिवमा बिसी र सहायक प्रशिक्षकमा बुढा

दाङ,१६ साउन । नेपाल मार्सल आर्टस हाप्किडो संघको केन्द्रीय महासचिवमा सुवर्ण बिसी र सहायक प्रमुख प्रशिक्षकमा भुवन बुढामगर चयन भएका छन् ।

नेपाल मार्सल आर्टस हाप्किडो संघको शुक्रवार काठमाडौंमा बसेको केन्द्रीय बैठकले रोल्पा निवासी मार्सल आर्ट्स खेलाडी बिसीलाई रिक्त रहेको केन्द्रीय महासचिवमा सर्वसहमत चयन गरेको नेपाल मार्सल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिएका छन् । बिसी यसअघि संघको केन्द्रीय सदस्यमा रहेका थिए ।

विगत एक दशकदेखि खेलक्षेत्रमा सक्रिय रहेका छन् । त्यस्तै बैठकले नेपाल मार्सल आर्टस हाप्किडो संघ दाङ शाखा अध्यक्ष तथा प्रदेश नं. ५ का सचिव भुवन बुढामगरलाई केन्द्रीय सहायक प्रशिक्षकमा मनोनित गरेको छ । पूर्वी रुकुम निवासी बुढामगर एक दशक बढि समयदेखि खेलक्षेत्रमा सक्रिय रहेका छन् ।