बकर ईदको शुभकामना आदानप्रदान
दाङ,१६ साउन । मुस्लिम संगठन नेपाल दाङले मुस्लिम समुदायको महान पर्व ईद उल अज्हा (बकर ईद)को पूर्व सन्ध्यामा घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शान्ति, सहिष्णुता तथा एकताको सन्देश दिने चाडका रुपमा रहेको बकर इद अर्थात ईद अल अज्हा शनिवार नेपालसहित बिश्वभरी रहेका मुस्लिम समुदायले मनाउँदै छन् ।
कार्यक्रम मुस्लिम संगठन नेपालका केन्द्रीय सचिबालय सदस्य एवं दाङ जिल्ला इन्चार्ज साजिदा सिद्धिकीको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धिकीले नेपालमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुमा ईद अल अजहा पर्वको शुभकामना व्यक्त गरेकी थिइन । उनले हाल बिश्वमा शान्तिको कामनासँगै कोरोनाको जोखिमबाट सबै नागरिक सुरक्षित रहुन, हत्या, हिंसा, जातीय द्वन्द्व कहि नहोस भनेर कामना समेत गरेकी थिइन ।
मुस्लिम संगठन नेपालका जिल्ला संयोजक गनि सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह इन्चार्ज गुलाम नवी ,जिल्ला उपसंयोजक अवदुल सिद्धिकी, मुस्लिम नेता अजमल सिद्धिकी, खालिद सिद्धिकी, जबुल मियालगायतले मन्तव्यको व्यक्त गरेका थिए ।
