रहेनन्, कांग्रेस नेता केसी
दाङ, १६ साउन । नेपाली कांग्रेसका नेता तथा साविक धर्ना गाविस अध्यक्ष बनिसकेका कृृष्णबहादुर केसीको निधन भएको छ । घोराही उपमहानगरपालिका–५ बसन्तापुर निवासी ६५ बर्षीय केसीको विहिवार साँझ असायिक निधन भएको हो ।
घरमै एक्कासी अचेत बनेका केसीलाई उपचारकालागी घोराहीको बुद्ध अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषित गरेको थियो । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि तथा हालका क्षेत्रीय प्रतिनिधिसमेत रहेका केसीको शुक्रवार विहान घोराही–५ धर्नाको कनरिया घाटमा अन्तिम सस्कार गरिएको थियो । केसी साविक धर्ना गाविसको दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीलगायत नेताहरुले केसीको पार्थिव शरिरमा नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
अन्तिम सस्कार कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति कमानसिंङ भारती, पूर्वृ सभापति वीरकेशरी गौतम, जिल्ला सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, भेषराज पाण्डे, जगतवहादुर खड्का, गिरीराज सुवेदी, जानकीलाल बस्नेत, भरत न्यौपाने, बद्रि खड्का,प्रदेश सभा सदस्यका प्रत्यासी कमल किशोर घिमिरे, महाधिवेशन प्रतिनिधि टेकबहादुर डांगी, खिमबहादुर वली, युवा नेता सरोज शाह, प्रकाश सुवेदी, अभियान बस्नेत, ललित पाण्डे, पूर्र्वमन्त्रीका स्वकिय सचिव युवराज डांगीलगायत नेपाली कांग्रेसका विभिन्न जनवर्गीय संगठन तथा भात्रिसंगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
मृतक केसीको पार्थिव शरीरमा नेपाली कांगेस केन्द्रीय सदस्य गिरीसहितका नेता कार्यकर्ताहरुले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । वडाध्यक्ष तथा साविक धर्ना इकाइ सभापति विष्णुमणि दाहालले शोक सभाको सहजीकरण गरेका थिए भने नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन योगीले स्वर्गीय केसीको जीवनीका विषयमा प्रकाश पारेका थिए । स्व.केसीका श्रीमती, ४ छोरा र एक छोरी छन् ।
