ग्राभेल मिलाएर कल्भर्ट सञ्चालन गरियो

दाङ,१५ साउन । घोराही उपमहानगरपालिका वडा नं ४ गोग्ली चोकदेखि लक्ष्मीपुर जोड्ने सडक खण्डमा निर्माण गरिएको कल्भर्ट सञ्चालनमा ल्याइएको छ ।

उक्त सडक खण्डको माध्यामिक विद्यालय डाडागाउँ गोग्लीस्थित अमारेखोलामा निर्माण गरिएको कल्भर्टको छेउछाउमा ग्राभेल नसम्याउँदा सवारीसाधन सञ्चालनमा समस्या हुदै आएको थियो ।

कल्भर्ट बनेपनि ग्राभेल नसम्याउँदा हिड्न नबन्दा स्थानीयको जनगुनासो बढेपछि लक्ष्मीपुर युवा क्लवका अध्यक्ष पंकज आचार्यको नेतृत्वको टोलीले विहिवार बाटोलाई मर्मत गरिएको क्लवका सदस्य दिलिप आचार्यले जानकारी दिएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ४ वडा कार्यालयको सहयोगमा डोजर प्रयोग गरेर ग्राभेलल मिलाउने काम गरिएको थियो ।