दंगीशरणमा विपद व्यवस्थापनको तयारी

दिप्तीशीखा चौधरी

दंगीशरण,१५ साउन । दंगीशरण गाउँपालिकामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि प्रारम्भिक बैठक बिहीबार बसेको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक पिमाकुमारी खड्काको अध्यक्षतामा बसेको बैठकले दंगीशरणमा आईपर्ने विपद व्यवस्थापन पूर्व तयारी अनुसार अगाडि बढ्ने निर्णय गरेको छ ।

दंगीशरणका १ र २ न. वडा बढि बाढि पहिरोको जोखिममा रहेकाले वडाका लागि गाउँपालिकाले योजना अनुसार अगाडि बढ्ने सोच बनाएको बताएका थिए । २०७२ सालमा आएको बाढिले दंगीशरणमा ठुलो क्षती पु¥याएको भन्दै अवका दिनमा त्यस्तो क्षती हुनबाट बचाउँनका लागि सावधानी अपनाउनका लागि पूर्व तयारी गरिएको उपाध्यक्ष खड्काले बताएकी थिइन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले पछिल्ले समय निरन्तर रुपमा परिरहेको पानीले ठाउँ ठाउँमा ठुलो मात्रामा क्षती पु¥याईरहेकाले दंगीशरण गाउँपालिकामा पनि सावधानी अपनाइएको बताएका थिए । वडा न. ५ का अध्यक्ष दिपक गौतमले जोखिम न्यूनिकरणका लागि योजना बनाउँन केहि ढिलाई भएको भन्दै शुरुमा विपद व्यवस्थापनका सामाग्री तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिएका थिए ।

स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले स्वास्थ्य शाखाको तर्फबाट स्वास्थ्यकर्मी खटिने कार्यमा आफु लागिपर्ने बताए ।

सेन्टर अफ क्लाईमेट र इन्भाईरोमेन्ट रिसर्चका भुपमणी दाहालले गाउँपालिकाभित्र आउँने समस्यालाई मध्यनजर गर्दै विपद, प्रकोप, जलउत्पन्न विपद, विपद पूर्व तयारी प्रतिकार्य योजना, उद्धेश्य, आवश्यक्ता र महत्व, फाईदाहरु, कानुनी आधारभित्रका एकल अधिकारको सुनिश्चिता,विपद पर्वतयारी तथा प्रतिकार्य, योजना निर्माण प्रक्रिया कार्यान्वयन अनुगमन मुल्यांकन तथा सिकाइ, अन्तीम मस्योदा तयारी, योजनाको परिक्षण, प्रारम्भिक मस्योदा तयारी, कार्यशाला, सिममहरु, अगुवा सहयोगी सस्ंथाको भूमिका, विषयगत सदस्य सस्ंथाको भूमिका लगाएतका विषयमा जानकारी गराएका थिए ।

बैठकमा परामर्शदाता आभास पौडेल, नेपाल रेडक्रस जिल्ला शाखा दाङका सन्तोष ढकाल, जानमती चौधरी, वडा न. १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरी, वडा न. २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा न. ४ का वडा अध्यक्ष नेव बहादुर कवँर, ६ न. वडाका टंक बहादुर वली , इलाका प्रहरी कार्यालय हेकुलीका कमल थापा, दंगीशरण नेकपा अध्यक्ष भरत अधिकारी, नेपाली कांग्रेस सभापती शोभाकर न्यौपाने, वडा सदस्य छोटिलाल चौधरी, प्रशासन शाखा प्रमुख यादव बहादुर डाँगी, ईञ्जीनीयर अंकित आचार्य लगाएतको सहभागिता रहेको थियो ।