दिप्तीशिखा चौधरी
दंगीशरण,१५ साउन । दंगीशरण गाउँपालिका वडा न. ७ वडा कार्यालयलले डिप बोरीङ्ग संचालन गर्दा आउँने विद्युत महशुल खर्च व्यहोर्ने भएको छ । वडामा रहेका विभिन्न डिप बोरीङ्ग संचालन गर्दा आउने विद्युुत महशुल वडाले ब्यहोर्ने भएको हो ।
दंगीशरण गाउँपालिका वडा न. ७ को कोईरालडाँडा डिप बोरिङ, बाँकाडिप बोरिङ, बोकटी डिप बोरिङ, बुुट्टीपुरमा रहेका लिफ्ट सिचाई आयोजनामा आउँने सम्पूर्ण विद्युत महशुल वडा कार्यालयले व्यहोरी दिने भएको वडा अध्यक्ष विरबहादुर वलीले जानकारी दिएका छन् । वडाका किसानहरुलाई राहत पुगोस भन्ने उद्धेश्यले विद्युत खर्च वडा कार्यालयले व्यहोर्ने भएको वडा अध्यक्ष वलीले बताएका हुन ।
विद्युत महशुल रकम यहि असार मसान्तदेखि वडाले तिर्ने भएको हो । वडामा अहिले ३ वटा लिफट सिचाई आयोजना संचालनमा रहेका छन् भने वडामा ४ वटा डिप बोरीङ्ग र ३ वटा लिफट सिचाई निर्माणाधित अवस्थामा रहेको अध्यक्ष वलीले वताए ।