विपद व्यवस्थापनमा दाङको तयारी

विश्वप्रकाश अर्याल

नेपालमा हरेक वर्ष आउने बाढी र पहिरोको कारण तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण हजारौँ विगाह जमिन डुबान र कटानमा पर्दा अनाहकमा वर्षेनी सयौँ नागरिकले ज्यान गुमाउनुपर्ने र त्यत्तिकै मात्रामा भौतिक सम्पत्ति समेत गुमाउनुपरेको छ ।

यो सबैको पछाडि मनसुन अघि विपद पूर्व तयारी पर्याप्त हुन नसक्दा वर्षेनी सिङ्गो राष्ट्रले समेत ठूलो क्षति व्यर्होर्नुपरेको छ भने कैयौँ नागरिक घरबारविहीन भई बस्नुपरेको छ । विश्वमानचित्रमा रहेका राष्ट्रहरुमध्ये नेपाल बाढीको हिसाबले ३०आँै स्थानमा रहेको छ । हेर्दा अति नै सुन्दर विविधतायुतm रहे पनि नेपालले प्राकृतिक विपदको हिसाबले वर्षेनी विभिन्न किसिमका विपदहरु झेल्दै आइरहेको छ ।

समुद्र सतहदेखि विश्वको सबैभन्दा अग्लो भू–भाग (८८४८ मिटर) रहेको सगरमाथा हिमशिखरदेखि हाम्रो भू–भाग (७२ मिटर)सम्म पmैलिएको क्षेत्र जसमा हिमाल, पहाड, मध्यपहाड, चुरे पर्वत हुँदै बग्ने हिमनदी, खोला, खोल्सा, चुरे क्षेत्रबाट बग्ने खहरे खोला र त्यसले मनसुनको समयमा निम्त्याउने विनाश वर्षेनी रुपमा मध्येपहाडदेखि तल्लो तटीय क्षेत्रका बस्तीहरुमा बसोवास गर्ने नागरिकले दुःख पाउँदै आएका छन् ।

देशका विभिन्न जिल्लाहरुमध्ये दाङमा पनि बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङजस्ता प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका कारण वर्षेनी जनधनको क्षति बढ्दै गइरहेका छ । विपद्का हिसाबले यो जिल्ला उच्च जोखिममा रहेको छ ।

यतिबेला नेपालमा मनसुन सक्रिय हुँदै गएको अवस्था छ, मनसुन सक्रिय हुँदै गर्दा जिल्लामा रहेका दुई महत्वपूर्ण नदीहरु पश्चिम राप्ती र बबई नदी त्यसका अलावा जिल्लामा रहेका विभिन्न खोलाहरुमा आउनसक्ने बाढी र हरेक वर्ष जिल्लाका खास गरी पहाडी बस्तीहरुमा पहिरोले असर पु¥याउने गरेको पाइन्छ । विपद पूर्व तयारीको हिसाबले दाङमा पछिल्नो केही वर्ष यता विभिन्न तरिकाले पूर्व तयारीका विभिन्न गतिविधिहरु सञ्चालन भने भइरहेका छन् ।

विपद् व्यवस्थापनका विभिन्न संरचनागत तयारी रहेको छ, दाङमा समुदाय स्तरदेखि वडामा वडाध्यक्षको संयोजत्वमा वडा स्तरीय विपद व्यवस्थापन समिति, गाउँपालिका तथा नगरहरुमा गाउँपालिका प्रमुख तथा नगर प्रमुखको संयोजत्वमा गाउँ तथा नगर स्तरीय विपद व्यवस्थापन समिति, त्यसैगरी जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद व्यवस्थापन समिति गठन भएका छन् ।

नेपाल सरकारले कार्यान्वयनमा ल्याएको विपद् जोखिम तथा व्यवस्थापन ऐन वमोजिम खोज, उद्धार र राहतलगायत विपद् प्रतिकार्यका कार्यहरु पनि हुँदै आएका छन् । जिल्लामा नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न सरोकारवाला सहयोगी संघसंस्थाहरुले पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरुसँग समन्वय गर्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य येजना र विपद पूर्वतयारी र प्रतिकार्यको क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याइरहेको देखिन्छ । जिल्लामा रहेको पश्चिम राप्ती र बबई नदीका जलाधार क्षेत्रका समुदायहरुमा विपद पूर्व तयारी तथा बाढी पूर्व सूचना प्रणाली परियोजना समेत सञ्चालनमा आएको छ, जुन काममा रेडक्रस दाङले सहजीकरण गरेको छ ।

दाङमा खोज तथा उद्धारको लागि उपलब्ध हुने जनशक्ति र सामग्रीको व्यवस्था :

विगतका वर्षहरुमा जिल्लामा विपदको समयमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीसँग २ सय जनाभन्दा बढी तालिम प्राप्त जनशक्तिहरु उपलब्ध सामग्री सहित तत्काल परिचालन हुनसक्ने अवस्थामा रहेका छन् ।

राप्ती नदी क्षेत्रमा सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङ, रिपुमर्दन गण लमही र बबई नदी क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी उरहरी उपशाखामा १÷१ वटा रबर–बोट तत्काल उद्धारका लागि जिल्ला आपतकाली कार्य सञ्चालन केन्द्र तथा नेपाल रेडक्रसको सहयोगमा समेत व्यवस्था गरिएको छ भने केही उद्धार सामग्रीहरु जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र घोराही दाङमा तयारी अवस्थामा राखिएको छ । जुन सामग्रीहरुलाई तत्काल उपलब्ध गराई सम्बन्धित ठाउँमा खोज, उद्धार टोली परिचालन गर्नसक्ने अवस्था रहेको छ ।

स्थानीय पालिकाहरुमा पनि खोज तथा उद्धारका सामग्रीहरुको व्यवस्था गरिएको छ । जिल्लामा विभिन्न युनिटमा खटिएका सुरक्षा निकायका जनशक्तिलाई हाइ–अलर्टको अवस्थामा राखिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ अन्तर्गत रहेका उपशाखाहरुमा तालिम प्राप्त जनशक्तिका साथै तत्काल राहतका लागि एक सय सेट गैरखाद्य सामग्रीहरु जिल्ला शाखा रेडक्रसमा तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार क्षेत्रीय गोदमघर नेपालगञ्जबाट व्यवस्थापन गर्न सकिने तयारी गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत ९ वटा नेतृत्व गर्ने अगुवाई गर्ने सरकारी निकायहरु पनि आफ्नो तयारीमा रहेका छन् ।

खोज तथा उद्धार तत्काल राहत र समन्यवका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षाको नेतृत्व गर्ने निकाय जिल्ला शिक्षा विकास समन्वय ईकाई, खानेपानी तथा सरसफाईका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, अस्थायी आवास तथा गैर खाद्य सामग्रीका लागि सहरी विकास भवन डिभिजन कार्यालय र नेपाल रेडक्रस सोसाइटी, संक्षणका लागि महिला बालबालिका कार्यालय, आपतकालीन स्वास्थ्यका लागि जिल्ला स्वास्थ्य कार्यालय, खाद्यको लागि जिल्ला कृषि विकास कार्यालय, राहत पुनर्निर्माण, पुनःस्थापनका लागि जिल्ला समन्वय समिति रहेको छ र आपतकालीन सञ्चारको लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र जसलाई क्लष्टर लिडर भनिन्छ र अन्य सरकारी तथा गैरसरकारी निकाय र सम्बन्धित कार्यान्वयन गर्ने निकायहरु कार्य गर्ने क्षेत्रको आधारमा सदस्यहरु रहने गरी आरु आफ्नो तयारी गरेको अवस्था छ । जसलाई प्रमुख जिल्ला अधिकारीको समग्र समन्वयकारी भूमिकामा नेतृत्वदायी भूमिका रहेको छ ।

जिल्लामा रहेका स्थानीय तहहरुको तयारी

जिल्लामा रहेका केही स्थानीय तहहरुमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनैतिक कार्ययोजना निर्माण गर्ने काम अघि बढाएको देखिन्छ । विपद् व्यवस्थापन कोष निर्माण गरी कोष सञ्चालन कार्यविधि तयार गरी कार्यपालिकाबाट पारित समेत गरेका छन् ।

समुदाय स्तरमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा बाढीपूर्व सूचना प्रणाली कार्यदल, खोज उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलहरू समेत गठन भएका छन् । गठन भएका विभिन्न सामुदायिक विपद व्यवस्थापन समितिहरुलाई तालिम बाढीपूर्व सूचाना प्रणाली र खोज उद्धारका सामग्रीहरू वितरण गरी तयारी अवस्थामा समेत राखिएको छ । जुन कामको लागि जिल्लामा रेडक्रसले महत्वपूर्ण सहयोग पु¥याइरहेको छ ।

समुदाय स्तरमा गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आफ्नो समुदायको जोखिम विश्लेषण गरी समुदायको नक्साड्ढन गर्ने काम समेत गरेका छन् । कतिपय सामुदायिक विपद् व्यवस्थापन समितिहरू सामुदायिक विपद् व्यवस्थापन कोष निर्माण गर्ने काममा समेत अघि बढेको पाइन्छ । जिल्लाका केही गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र रहेका केही स्थानलाई सुरक्षित स्थान पहिचान गरी सोहीअनुसार योजनासमेत अघि बढाएका छन् ।

बाढीको दृष्टिकोणले दाङ जिल्लाको १० वटा स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहहरुका ३५ वटा वडाहरु उच्च जोखिममा रहेका छन् । २५ वटा वडाहरुमध्यम जोखिमको सूचिमा रहेका छन् भने ४० वटा वडाहरु बाढीको दृष्टिकोणले न्यून जोखिम रहेका छन् । विगतको विपद प्रभाव क्षेत्र, घटिरहने विपदका घटना, विपदका कारण भएको क्षतिको तथ्याड्ढको आधारमा विश्लेषण गरी राखिएको हो । जसमा सबैभन्दा उच्चदेखि मध्यम जोखिमको रुपमा क्रमशः राजपुर, गढवा, राप्ती, लमही, तुलसीपुर, दंगीशरण, बबई, शानितनगर र घोराही उपमहानगरपालिका रहेका छन् भने बंगलाचुली गाउँपालिका बाढीको कारण कम जोखिममा रहेको छ भने पहिरोको उच्च जोखिममा रहेको छ ।

जिल्लामा हुनसक्ने सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गर्दै सूचना व्यवस्थापनदेखि प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि प्रदेशमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्लाभित्र रहेका सुरक्षा निकाय, स्थानीय सरकारहरु र रेडक्रसलगायतका विभिन्न सहयोगी निकायहरुसँग समन्वय गरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

२४सै घण्टा सञ्चालनमा रहने आपतकालीन कार्य सञ्चालन केन्द्रले विपदका हरेक प्रकारका सूचनाहरुलाई संकलन, विश्लेषण एवं सूचना प्रवाहसँगै विपद् सम्बन्धीका गतिविधि, विपदसम्बन्धी ऐन, नीति, निर्देशिका आदि कार्यान्वयन, विपद् पूर्वतयारी, विपदको समयमा हुने प्रतिकार्य प्रणाली, विपद् तथ्याड्ढ संकलन लेखाजोखा र विपद् पश्चात गरिने गतिविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारहरुलाई समेत सहयोग पु¥याउँदै आएको छ ।

जिल्लामा विपद घटनाको सूचना जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नं. ०८२–८२५६३५४० मा फोन गरी विपदको सूचना दिन वा सूचना लिन पनि सकिन्छ । जसले गर्दा तत्कालै खोज उद्धार तथा प्रतिकार्य गर्न सहज र छिटो छरितो हुने विश्वास गरिएको छ । साथै यतिबेला मौसममा परिवर्तन आएको र देशका विभिन्न स्थानमा वर्षा भइराखेको अवस्था देखिएकोले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले निःशुल्क रुपमा व्यवस्था गरिएको टोल फ्री नम्बर ११५५ मा पनि फोन गरी बाढी र वर्षाको सूचना प्राप्त गर्नसक्ने छन् । जुन टोल फ्री नम्बर असारदेखि असोज महिनासम्म खुल्ला रहने छ ।

लेखक जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, दाङका सूचना व्यवस्थापन अधिकृत हुन् ।