तुलसीपुर–७ मा गाजाँका बोट नष्ट

दाङ,१४ साउन । तुलसीपुरमा गाजाका बोट नष्ट गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ अन्तर्गत ग्वार सुधार टोल र लालमटिया टोलको विभिन्न बस्तीमा लगाइएका तथा आफै जागेका लागुऔषधका रुपमा प्रयोग हुने गाँजाका विरुवाहरु नष्ट गरिएको हो ।

वडा सदस्य रामबहादुर जिसीको रोवहरमा अस्थायी प्रहरी पोष्ट पर्सेनीका इन्चार्ज नेत्र नेपाली,टोल विकास सस्थाका पदाधिकारी र स्थानीयको सहभागितामा करिव दश क्वीन्टल गाजाका बोटहरु नष्ट गरिएको थियो ।

गाजाका विरुद्ध नष्ट गर्दै लागुऔषधका रुपमा प्रयोग हुने गाजाका प्रयोग गर्न समेत स्थानीयलाई सचेत गराइएको थियो ।