किसानको अवस्थामा सुधार कहिले ?
युवराज शर्मा
नेपालमा हलो जोतेर जीवन धान्ने किसानहरुको जीवन कष्टपूर्ण छ । उनीहरुलाई खान र लगाउन समस्या छ । धेरैसँग बस्ने बास पनि छैन । तर उनीहरुसाग नेपाली नागरिकता छ । नेपाली हुँ भन्ने आधार बनेको छ । अर्काको जग्गा जोतेर शर्त वमोजिम खेती गरेर खाने समस्या, धेरै भए पनि टारेका छन् । शिक्षा, स्वास्थ्य र रोजगार उनीहरुका लागि दूरदराजको विषय बनेको छ । भनिन्छ – हलीको छोरा हली बन्ने चलन छ । उसमा नयाँ सञ्चार बनेको छैन । घरको आर्थिक समस्याले चिन्तित हुन्छन् ।
बाबुआमालाई कामको पिरलो बढेको देख्छन् । आफै स्तब्ध बन्छन् । यस्तो वातावरण हलो जोती जीवन धान्ने परिवारमा देखिन्छ । यिनीहरुको दिनचर्या हिलो र धुलोमा बितेको हुन्छ । २००७ सालदेखिका राजनीतिक परिवर्तन आए । यस्ता वर्गको दिनचर्यामा परिवर्तन भएन । हुनेखानेवर्ग र धनीमानीहरुको हालीमुहाली भइरह्यो । जुन सरकार आए पनि हलो जोतेर जीवन यापन गर्नेवर्गको सुधार गर्न सकेनन् । आफ्नै सुधार गरे । कुकुर बाँध्नेहरु मोटर चढ्ने भए । बाँदर धपाउनेहरु हेलिकेप्टर चढ्न थाले । हलो जोतेर जीवन धान्नेहरु पैदल हिड्छन् । पिठ्युमा भारी बोक्छन् । अहिले पैदल हिड्ने बाटो गाउँ–गाउँमा छेन । गाडीहरु दौड्ने बाटोहरु धेरै ठाउँमा छैनन् । यदि त्यस्ता बाटामा पैदल हिडेमा खतरा छ । गाडीले ठक्कर दिएमा गाउँले किसानको मृत्यु भयो भन्नेहरु छन् । को विरामी थियो ? म¥यो । धनीमानीलाई गाडीले ठक्कर दियो र मृत्यु भयो भने भन्छन्– ठूलो दुर्घटना भयो । ठूलै मान्छे मरेछन् । उनको सम्झना गर्ने र समवेदना प्रकट गर्नेहरुको लर्को लाग्छ । तर हलो जोत्ने किसानलाई उसका इष्टमित्रले मात्र दुःख व्यक्त गर्छन् । उसप्रति श्रद्धाभावको समवेदना गर्छन् । मान्छे–मान्छेमा फरक व्यवहार गर्नुपर्छ भन्छन्– राजनीतिज्ञहरु । त्यस्तै व्यवहार गर्छन् हलो जोती जीवन धान्नेहरुलाई ।
नेपाली राजनीति मै खाउँ, मै लगाउँ, मै मोज गरुँमा सीमित छ । राजनीति गर्नु पनि धन आर्जन गर्ने माध्यम ठान्छन् । सामाजिक सेवाभाव मान्दैनन् । यस्तै नेपाली राजनीतिज्ञहरुको भावना पाइन्छ । कसरी धन कमाउने ? उनीहरुको भनाईका शिष्टम र नीतिमा राजनीति चलेको छ । नेताहरु भन्छन्– देशमा परिवर्तन ल्यायौँ । देशमा शाहवंशीय राजा हटायौं । संघी लोकतान्त्रिक गणतन्त्र भिœयायौँ । यो कहाँबाट कसको सहारामा भिœयाइयो ? त्यसका सम्बन्धमा मौन बस्छन् । छिमेकी देश भारतका प्रशासक र मन्त्रीहरुको गर्जनमा थुरथुर काप्छन् । भारत भ्रमण गर्छन् । अनेक थरिका सम्झौता गर्छन् । तर भन्न छोड्दैनन् – भारतीय विसतारवाद मान्दैनौँ । यो भनाइ कसलाई सुनाउँछन् ? सोझासाझा लाटा जनतालाई अथवा प्रतिपक्षमा बसेका दलहरुलाई ? सत्तामा बस्दा सबैको हाइ–हाई, प्रतिपषमा बस्दा सबैको सवाईका वातावरण । नेपाली जनताले धेरै देखे, भोगे तर विकास र समृद्धि भने राजनीतिक नारामा सीमित भयो । गणतन्त्रको स्वरुप, ढाँचा, महत्व जनताका लागि उपयोगी भएन । यसले समाजमा अस्थिरता सिर्जना गरेको छ । भन्थे – हाम्रो उद्देश्य नेपाललाई हात्ती बनाउने कल्पना हो । बनाउँदा बनाउँदै मुसो बन्दै छ । जसले जमिन खन्छ, जमिनमा बस्छ, हलो जोत्नेहरुको जीवन कष्टकर बनाउँछ । किसानको पहिचान गरिन्न । त्यस्तै वातावरण समाजमा राजनीतिका खेलाडीहरुले देखाएका छन् । वाइडबडी हवाइजहाज काण्ड, निर्मला हत्याकाण्ड र ३३ किलो सूनकाण्ड कहिल्यै नबिर्सने काण्डहरु हुन् ।
राणाहरु र शाह वंशहरुका बीचमा भण्डारखाल काण्ड, कोतपर्व काण्ड र राजा वीरेन्द्रको वंश नाश काण्ड इतिहासका पाटा बनेका थिए । त्यस्तै गणतन्त्रमा भएका तीन काण्डले पूर्ववर्ती इतिहासलाई सम्झाएको छ । राजनीतिको जति विगुल फुके पनि कुनै दलले आफ्नो चरित्रमा राम्रो सुधार गर्न सकेको सामाजिक वातावरण छैन । यस्तो अवस्थामा सहकारीले किसानको भकारी मर्दैन । यसले राजनीतिक दलका भाइभतिजा, सालासाली, ज्वाई–जेठान, भाञ्जाभाञ्जीजस्ता नातागोताहरुलाई फाइदा दिन्छ । सहकारी नातागोताहरुलाई भकारी बनेको छ । वडा कार्यालयलाई स्थानीय सरकार भन्छन् । त्यहाँ गाउँका किसानहरुको लगत छैन । कसरी गणना गर्छन् ? किसानहरुलाई । जनप्रतिनिधिहरुमा जवाफदेही, पारदर्शीता जिम्मेवारी देखिन्न । कस्तो हो ? यो लोकतान्त्रिक गणतन्त्र । जनताले गणतन्त्रको अर्थ बुझेको एउटै विषय हो – जसले खान्छ उसले जान्छ । त्यसकारण सहकारी ठूलावडाहरुको संस्था हो । यसको स्वाद ठूलावडालाई थाहा छ । हलो जोत्ने किसानहरुले बुझेका छैनन् । उनीहरुको पहुँच बाहिरको कथा–व्यथा हो, सहकारी समूह ।
गाउँघरमा खोलिएका सहकारी संस्थाहरको काम बचत र ऋणमा सीमित छ । सहरबजारका सहकारी संस्थाहरले बैंक सरहको काम गर्छन् । यिनीहरुको काम बैंकिङ सेवामा सीमित छन् । गाउँले किसानको पहुँच बाहिर छन् । यस्तो बैंकका स्वरुप देखाउने सहकारीहरुको अडिट हेर्दा भारतको गोवा, नैनीताल, दार्जिलिङ र सिक्किम भ्रमणमा मात्र ठूलो धनराशी खर्चेको देखिन्छ । कृषि लगानी छैन । कृषि उपज र बेचविखनमा सहयोग पु¥याएको पाइन्न । यस्ता संस्थाहरुबाट समाज परिवर्तन हुँदैन । नागरिकको आर्थिक विकास बन्दैन । कसरी समृद्धिका पाइलाहर अगाडि बढ्छन् ? सोचनीय छ । बुझ्न कठिन छ ।
गउँस्तरमा राजनीतिक संरचनाहरु दलवगत रुपमा तयार छैनन् । वडाध्यक्षहरुले आफूलाई सजिलो पार्न टोल विकास संस्थाहरुको संरचनाहरु तयार गरेका छन् । ती संस्थाहरले आफूलाई शक्तिशाली मान्छन् । गाउँले किसानहरु त्यसता संस्थाहरुको पहुँच बाहिर छन् । धनीमानीहरुले धन लुकाउने ठाउँ सहकारी संस्थाहरु हुन् । जहाँको लगानीबाट व्याज प्राप्त हुन्छ । त्यसतो चर्को व्याज लिने संस्था सहकारी हो । यस्ता सहकारीहरुले किसानको भकारी भर्दैन । पेट रित्तो हुन्छ । जहाँ कार्यसमितिका पदाधिकारीहरु शोषक र सामन्तवर्गका मात्र हुन्छन् । किसान, जो हलो जोतेर जीवन धान्ने छ, सहकारी संस्थामा पनि शेयर छ । त्यस्तालाई कार्यसमितिमा राखिन्न । निश्चित व्यक्तिहरु हुन्छन् जो शोषक र सामन्तवर्गका छन् । त्यसैले नेपालमा खुलेका सहकारी संस्थाहरुलाई शोषक र सामन्तवर्गको संस्था मान्छन् । त्यसता संस्थाले किसानको भकारी भर्ने कार्य योजना बनाउँदैन । किसानलवाई शोषण गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने सामन्तहरुको संस्था सहकारी भएको छ ।
सरकारले सहकारी मार्फत् अर्बौं रकम किसानहरुलार्य वितरण गरेको कागजहरु देखाउँछ । त्यस्ता कार्यहरु नक्कली हुन् । किसान भनिएका पनि नक्कली हुन् । वास्तविक किसानहरुको सरकारमा पहुँच पुग्दैन । उनीहरुलाई सरकारी कर्मचारीले चिन्दैनन् । सक्कली किसानहरु अक्कलबिनाका मान्छे भएका छन् । उनीहरुको पहुँच र सम्बन्ध हुँदैन । आफ्नो घरेलु कामबाट फुर्सद पउँदैनन् । यस्तो अवस्थाका किसानहरुको मुख्य पेशा खेतीपाती र पशुपालन मात्र छ । उनीहरु सहकारी संस्थाको पहुँच बाहिर छन् । यस्तो अवस्थामा सहकारीले किसानहरुको भकारी कसरी भर्ला ? कौवालाई बेल पाक्यो हर्ष न विस्मात भन्ने जस्तै भएको छ, लोकतान्त्रिक गणतन्त्रमा किसानहरुलाई । उनीहरु भन्छन् – गणतन्त्रमा गाउँ–गाउँमा सिंहदरबार आउँछ भन्ने सपना देखाउने नेताहरु मोटाएर गाई–गोरुका शरीरमा किर्ना जस्ता किराहरु मोटाएका जस्ता देखिन्छन् । सहकारीले नेताहरुको भकारी भरिदियौँ । नागरिक दुब्लाउँदै गएका छन् । उनीहरुले गणतन्त्रको अनुभूति नेताहरु मोटाउने खेल मान्छन् ।
सहकारीहरु बजार केन्द्रित छन् । किसान केन्द्रित छैनन् । किसानहरुले स्तरीय मल र वीऊ पाउन समयमा सक्दैनन् । ऋण दिने र व्याज लिने काममा केन्द्रित भएका सहकारीहरुले कसरी किसानको भलो हुने काम गर्छन् ? प्रश्न अनुत्तरित छ । खेतीपाती गर्ने किसानहरुको गाउँ स्तरीय समूह सरकारले गठन गर्नु पर्छ । त्यस समूहलाई कृषिका विषयहरुमा राम्रो ज्ञान गराउन र सीपमूलक कार्यहरुको प्रविधि सिकाउनु पर्छ । उनीहरुलाई खेतीपाती सम्बन्धमा छलफल र अन्तक्र्रिया गराउनु पर्छ । खेतीपाती गर्ने प्रेरणा र साहस दिन राहतका कायृक्रम समूहगतका किसानहरुलाई व्यक्तिगत प्रदान गर्नुपर्छ । उनीहरु खेती गर्न प्रोत्साहित हुन्छन् । गाउँ–गउँमा भकारी किसानहरुको सहभागी भएको पाउँछौं । जमिन बाँझो हुन्न ।
खाद्य समस्या टर्छ । उत्पादकत्व बढ्छ । तब मात्र किसानहरुले विकास र समृद्धिको महशुस गर्छन् । आफ्नो भकारी आफै भर्न सक्छन् । देशमा गरीबी निवारण हुन सक्छ । खाद्य समस्या हुन्न । युवाहरुको झुकाव खेतीपाती गर्न प्रेरित हुने छन् । तर सहकारी संस्थाहरुमार्फत् किसानहरुको भलो गर्छौं भनाई किसानमुखी हुँदैन । पुँजीवाद उन्मुख हुन्छ । किसानको भकारी मर्दैन । उनीहरुलाई विदेश पलायन हुने वातावरण बन्छ । जमिन बाँझो हुने वातावरण बन्छ र भइरहेको पनि छ । किसानहरुले देश छोडेर विदेशिने अवस्था आउने छ । खेती गर्ने मान्छेहरु हट्दै छन् । उनीहरु भन्छन् – किसानहरुको अवस्थामा सुधार कसले गर्ला ? सोचनीय विषय बनेको छ ।
