घोराही,९ साउन । दाङ जिल्ला फोटो ग्राफर एशोसियसनका सदस्य तथा युवा ब्यवसायी बाशु अधिकारीको जन्मदिनमा चार जनाले सामुहिक रुपमा रक्तदान गरेका छन् ।
घोराही उपमहानगरपालिका– १५ मा डिलाइट फोटो स्टिडियो सञ्चालन गर्दै आएका अधिकारीले आफ्नो जन्मदिनमा रक्तदान गरेका हुन । उनीसँगै चार जना युवाहरुले सामुहिक रुपमा रक्तदान गरेका हुन । कोरोनाका कारण जारी लकडाउनमा विरामिलाई रगतको अभाव नहोस भन्ने उदेश्यले आफुसहित ४ जना साथीहरुले सामुहिक रुपमा रक्तदान गरेको अधिकारीले बताए ।
उनीहरुले शुक्रवार विहान नेपाल रेडक्रस सोसाइटी घोराही कार्यालयम पुगेर रक्तदान गरेका हुन् । जन्मदिनमा अधिकारीसहित तुलसीपुर–१५ निवासी राजेश पाण्डेय, घोराही–७ सौडियारका निशानदाजु भट्टराई र घोराही–३ निवासी विशाल कुवँरले रक्तदान गरेका हुन ।