जिल्ला बाहिरको लागि पास अनिर्वाय

दाङ, ७ साउन । नेपाल सरकार मन्त्रीपरीषदको सिफारीसमा कोरोना संकट उच्चस्तरीय कोरोना संकट व्यवस्थापन समितिले लकडाउन खोलेको घोषणा गरे पनि सवारी साधनलाइ एक जिल्ला बाट अर्को जिल्लामा जानका लागी भने यस अघिको जस्तै पास अनिवार्य रहेको छ ।

लकडाउन हटाइए पनि उच्च स्तरीय समितिले वाहिरि जिल्लामा यातायात अझै नखोलेकाले एक जिल्लाबाट अर्कोमा जानकालागी पुर्ववत अवस्था अनुरुप पास अनिवार्य चाहिले जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्ला भित्र सवै निजि तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पास आवस्यक नभए पनि जिल्ला वाहिर जानुपरेमा रातोप्लेटका निजि सवारीसाधनलाइ अनिवार्य पास चाहिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

अति आवस्यक कामकालागी अन्यत्र जानुपर्ने व्यक्तिहरुलाइ जिल्ला प्रशासन कार्यालयले सवारीपास दिने पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् । लकडाउनको अन्तसंगै जोर विजोर प्रणालि पनि अन्त भएको पनि प्रशासनले जनाएको छ ।