दर खान आउनेलाई निशुल्क यातायात सुविधा

दाङ,७ साउन । दशजना भन्दाबढीको संंख्यामा तीजको दर खान चाहनेहरुलाई घोराही–६ गुरुवागाँ स्थित मस्रुम कटेजले यातायातको व्यबस्था निशुल्क गरिदिने योजना अगाडि सारेको छ ।

खुला ठाँउमा नाचगान गर्दै तीजको दलखानका लागि सहज होस भनेर यस्तो योजना अगाडि सारिएको कटेजका प्रोप्राइट केशबराज पाण्डेले जनाएका छन् ।

हिन्दु नारीहरुको पर्व हरितालिका तीज नजिकिदैछ । कोरोना संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउन हटाएपछि चहलपहल समेत बढ्न थालेको छ । यो अबस्थामा आफ्नो योजनाले दिदी बहिनीहरुमा धुमधामसँग तीज मनाउन उत्प्रेरणा मिल्ने बिश्वास पनि उनले व्यक्त गरे ।

च्याउँका १० भँदा बढी परिकार बनाउदै चर्चामा आएको र धेरैको मन जित्न सकेको सो कटेजले दर खान आउनेहरुलाई आफ्नै च्वाइस अनुसारका च्याउँका परिकारसहित दर खुवाउने तयारी आफूले गरेको पनि उनले बताएका छ ।

Tags: